काठमाडौं, भदौ ३ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछानेले ललितानिवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयानबिनाको अपूरो/अधुरो फाइल पेस नगर्न आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सिआईबीलाई निर्णयकर्ता सबैको बयान नै बिनाको अपूरो अधुरो फाइल पेस गरी गैरकानुनी आदेश नमान्न आग्रह गरेका हुन् ।

‘सिआइबीले गैरकानुनीआदेश नसुनोस्, नमानोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपूरो अधुरो फाइल पेस नगरोस् । गृहमन्त्री ज्यू, केही त गडबड छ । ठूलै गडबड छ,’ लामिछानेले लेखेका छन् ।



















