रावललाई एमालेमा सक्रिय गराउन कसरत


काठमाडौँ, साउन ३० गते ।

एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच डेढ घण्टा ‘वन अन वन’ छलफल भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई नेताबीच मात्र छलफल भएको हो । पार्टीको दशौँ महाधिवेशन सकिएको २० महिनापछि ओली–रावलबीच पहिलोपटक औपचारिक संवाद भएको हो ।

दशौँ महाधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका थिए । तर, त्यसयता उनी एमालेका राजनीतिक गतिविधिमा सक्रिय थिएनन् ।

दुई नेताबीच अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति, एमालेको आन्तरिक राजनीति र पार्टी केन्द्रीय कमिटीले अघि सारेको पछिल्लो अभियान, रावलको सम्भावित जिम्मेवारीलगायतका विषयमा केन्द्रीत रहेर छलफल भएको छ ।

भेटपछि पूर्वउपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग फेरि पनि छलफल गर्ने समझदारी भएको बताए । लामो समय पार्टी काममा निष्कृय रहेका रावल एक महिनादेखि गृह जिल्ला अछाम हुँदै पार्टीको बैठक र सार्वजनिक कार्यक्रमहरूमा सक्रिय हुँदै आएका थिए ।

‘एकअर्काबीच के छ, कसो छ भन्ने भलाकुसरी भए । देशको अवस्था, पार्टीको अवस्थाका विषयमा आआफ्ना सोच र दृष्टिकोणका बारेमा सामान्य कुराकानी भए ।

फेरि पनि कुराकानी हुन्छ,’ रावलले भने, ‘धेरै लामो समयपछि भेटघाट भएको हो । उहाँ पार्टीको अध्यक्ष । उहाँलाई देशविदेशको सूचना, जानकारी हुन्छ, म पनि अध्ययन गर्ने नै मान्छे हुँ, त्यसैले के कसो छ कुराकानी आदानप्रदान भयो ।’

रावललाई पार्टीको जिम्मेवारीमा फर्काउने गरी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अलग्गै वार्ता समिति बनेको थियो । पौडेल नेतृत्वको टोलीसँग रावलले करिब तीन महिना पहिल्यै छलफल गरेका थिए ।

त्यसलगत्तै ओलीसँग सम्वादपछि रावलको जिम्मेवारीको टुंगो लाग्ने नेताहरूले बताउँदै आएका थिए । पछिल्लो भेटमा उनको जिम्मेवारीमै केन्द्रीत रहेर कुराकानी भएको एमाले नेताहरूले अनुमान गरेका छन् ।  -नयाँ पत्रिका 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको