जानकी मन्दिरको प्रांगणमा रहेको मुख्यमन्त्री यादवको ब्यानर हटाइयो


जनकपुरधाम, साउन ३० गते ।

जानकी मन्दिरको प्रांगणमा रहेको मुख्यमन्त्री सरोजकुमार यादवको ब्यानर युवाहरुले हटाएका छन् ।

प्रांगणमा लगाइएको ब्यानरले मन्दिरको महत्त्व र सौन्दर्यतामा आँच आएको भन्दै उनीहरुले हटाएका हुन् ।

युवा नेता सरोज मिश्रसहितका युवाहरूको समूहले मंगलबार बिहान सो ब्यानर हटाएका छन् ।

उनीहरुले मुख्यमन्त्रीको साथै एउटा मोटरसाइकल कम्पनीले राखेको विज्ञापनको बोर्ड पनि हटाएका हुन् ।

सार्वजनिक महत्त्व, पर्यटन प्रर्वद्वन र जानकी मन्दिरको महत्त्व भन्दा मुख्यमन्त्रीको तस्बिरलाई तामझाम गरी राखिएकोले ब्यानर हटाइएको मिश्रले बताए । जानकी मन्दिरभन्दा ठूलो कोही पनि हुन नसक्ने भन्दै ब्यानर हटाइएको उनले बताए ।

सरोकारवाला निकायहरु लगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, मेयर लगायतको ध्यानाकर्षण गराउँदा पनि नहटाएपछि बाध्य भएर आफूहरुले हटाएको मिश्रले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको