संसद् ‘हाइज्याक’ भयो, हाम्रो कुरा राख्न पाउनुपर्छ : रवि लामिछाने


काठमाडौं, साउन २९ गते ।

प्रतिनिधिसभा बैठकमा बोल्न नपाएपछि रास्वपाले उठेर विरोध जनाएको छ।रास्वपा सभापति रवि लामिछानेले संसद् हाइज्याक भएको बताएका हुन्। उनले यो संसद् सबैको भएको र सबैले कुरा राख्न पाउनुपर्छ भन्दै विरोध जनाए।

सभामुखले कांग्रेसका सुनील शर्मा र एमालेका मानवीर राईलाई बोल्न दिएर सभामुखले सीधै शून्य समयमा लान खोजेपछि एमाले नाराबाजी उत्रियो भने रास्वपाले संसद् हाइज्याक भएको भन्दै विरोध गरेको हो।

रवि लामिछाने र विराजभक्त श्रेष्ठले माइक समातेर समय मागे पनि सभामुखले समय दिएनन्। बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो। अर्को बैठक भदाै ३ गते बस्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको