एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने


काठमाडौं, असार २० गते ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्ने भएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले सरदार प्रितम सिंह पटक(पटक भारत गएर आफूलाई प्रधानमन्त्री बनाएको भन्ने प्रचण्डको अभिव्यक्ति मुलुकको सार्वभौमिकताविपरीत रहेको भन्दै राजीनामा माग्ने निर्णय गरेको सांसद ठाकुर गैरेले बताए।

सरदार प्रितम सिंहको किताब विमोचनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सार्वभौम संसद्को मर्यादाविपरीत रहेको निष्कर्ष निकाल्दै राजीनामा माग्ने निर्णय गरेको गैरेको भनाइ थियो।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को सार्वभौमिकताको मानमर्दन गरेको छ। यो अभिव्यक्ति घातक छ। सदनमा विरोध गर्छौं र प्रधानमन्त्रीको राजीनामा माग गर्छौं,’ उनले भने।

सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसद्, जनमतको अपमान गरेकाले सशक्त विरोध जनाउने बताए।

‘हामीले संसदीय दलको बैठक अपर्झट आयोजना गर्‍यौंं। १८ गते प्रधानमन्त्रीले सार्वभौम संसद्को विपक्षमा अभिव्यक्ति दिनुभयो। दिल्लीले प्रधानमन्त्री बनाएको अभिव्यक्ति दिनुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्ति संसदमाथिको अपमान हो, जनादेशमाथि गरेको अपमान हो। यो कुरा सदनमा राख्नेछौं,’ बर्तौलाले भने।

यो सामान्य विषय नभएको र एमालेले यसको सशक्त विरोध गर्ने उनले बताए।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको