प्रस्तावित प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन


काठमाडौं, असार १ गते ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीको नाम अनुमोदन गरेको हो। शुक्रबार बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति पशुपति शमशेर जबराले जानकारी दिए।

उनले त्यस अघि समितिको बैठकमा समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए। कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई राष्ट्रपतिले नियुक्त गरेर सपथ खुवाउनेछन्। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा अवकाश पाएपछि कार्कीले विगत ८ महिनादखि कायम मुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको