वडा अध्यक्ष बिष्टले गरे विद्यार्थीलाई न्यानो कपडा वितरण


माघ ४ बर्दिबास । बर्दिबास नगरपालिकामा पहिलो पटक विद्यार्थीलाई वडा अध्यक्षले  न्यानोकपडा वितरण  गरेको छ ।
चिसोका कारण विद्यार्थीको पठन पाठनमा समस्या भएपछि पहिलो चरणमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
बर्दिबास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिराट बिस्टको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । सो  कार्यक्रम अन्तर्गत आज जन जागृति माध्यमिक विद्यालय बर्दिवास नगरपालिका ३ पाटुका कक्षा पिजि देखि कक्षा १२ सम्मका दुई सय जना  विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष बिराट बिष्टले बताउनु भएको हो ।

न्यानोकपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले भने  वडाले शैक्षिक गुणस्तरका लागि विभिन्न योजना सञ्चालन भइरहेको जानकारी दिए । यसअघि पनि विद्यार्थीहरूका लागि दिवा खाजा व्यवस्था गरिसकेको बताए । अध्यक्ष बिष्टले भने, “जाडोका कारण यहाँका विद्यार्थी प्रभावित छन्, जसका कारण पठनपाठनमा धेरै समस्या छ, यसको समाधानका लागि न्यानो कपडा वितरण गरेका हौं, यसअघि पोसन युक्त दिवाखाजाको कार्यक्रम सुरु गरिसकेका छौं ।”
यस्ताखालका कार्यक्रमले विद्यालयलाई नियमित विद्यालय आउने वातावरण तयार हुने उनको भनाइ छ । “विपन्न परिवारका धेरै विद्यार्थी अझै पनि जाडोका कारण विद्यालयमा आउन छाडेको अवस्था छ, त्यसको निराकरणका लागि यो कार्यक्रम हो, अर्को आर्थिक वर्षभित्र हामिले नगरपालिकाका सबै  विद्यालयमा यो कार्यक्रम सञ्चालनमा अगाडि बढन नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीलाई आग्रह गर्ने ,” अध्यक्ष बिस्टले भने ।

४ दशक देखि चल्दै आएको स्कुलमा कुनै समय १२ सय देखि १५ सय सम्म विद्यार्थीको पढाई हुने विद्यालयमा आज आएर राजनीति खिचातानीले विद्यार्थीको उपस्थित दिनानुदिन घटदै गएको हुनाले यो अभियान मर्फत फेरि विद्यालयमा विद्यार्थी संख्या बढन सक्ने अनुमानले वडा अध्यक्ष बिराट बिष्टले आफ्नै लगानीमा यो अभियान सुरु गरिएको विद्यालयका प्रधानाध्यपक  जटेशवर दासले बताउनुभयो ।
उनले भने वडाले कपडा वितरण गरेसँगै पठनपाठनमा सहजता भएको प्रतिक्रिया दिए । “जाडोमा आगो बालेर विद्यार्थीलाई पठनपाठन गरिरहेका थियौं, अब त्यस समस्याको अन्त्य भयो, पक्कै पनि शैक्षिक गुणस्तरमा सुधार हुन्छ प्र अ दासले बताउनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार