
ललन मण्डल ।
बर्दिवास अस्पतालले विशेषज्ञ सहितको सेवा विस्तार गरेको छ । बुधबार एक कार्याक्रमका बिच नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले उदघाटन गर्दै सेवा विस्तारको शुभारम्भ गरेको हो । विस्तारित सेवा अन्तर्गत सामाजिक सुरक्षा तर्फ जेष्ठ नागरिक, महिला तथा बालबालिकाको उपचारमा विशेषज्ञ सहित आधुनिक उपकरणबाट सेवा दिने बर्दिवास अस्पतालका व्यवस्थापन समिती अध्यक्ष जयराम शर्माले जानकारी दिनुभयो । उहाँले केन्द्र सरकार, प्रदेश सरकार तथा नगरपालिकाको सहयोगमा बर्दिवासमा आधुनिक उपकरण सहित विशेषज्ञ सेवा दिन सकिएको जानकारी दिनुभयो ।
त्यसैगरी बर्दिवास अस्पताल की मेडिकल सुपरिटेन्डेड कृष्णा महर्जनले विशेषज्ञ सेवाको विस्तारले यस क्षेत्रका वासिन्दाले अन्यत्र जानु पर्ने बाध्यता हटेको जानकारी दिनुभएको छ । मेसु महर्जनले अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, जनरल फिजिसियन पोस्टमार्टम सेवा साथै सर्जरी सेवाको विस्तार गरिएको जानकारी दिनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले बर्दिबास नगरवासिको ठुलो समस्याको रुपमा रहेको स्वास्थ सेवा अब सहजीकरण हुने विश्वास व्यक्त गर्नु भयो । क्षेत्रीले भने बर्दिबास नगरपालिका मात्र नभएर यस भेगका गौशाला, भगहा सिन्धुली औरही नगरपालिका लगायत करिब १० बटा भन्दा बढी नगरपालिकाका जनताहरुले अब अस्पताल बाट सेवा लिन सक्ने बताउनु भएको छ । बर्दिबास अस्पताल २०६४ साल अघि ईलाका हेल्थ पोस्ट रहेको र हाल १५ सैयाको अस्पतालमा स्तर उन्नति गर्न राजनीति दहरुले खेलेको भुमिका प्रती धन्यवाद दिदै उहाँले अब आउने दिनहरुमा यसलाई ५० सैयाको अस्पताल बनाउने प्रयत्न गर्ने बताए ।
महोत्तरीमा जलेश्वर बाहेक अन्य क्षेत्रमा सामुदायिक अस्पतालको अवस्था रेफर सेन्टरको रुपमा मात्र भएको भन्दै आलोचना भैरहदा बर्दिवास अस्पतालको सेवा विस्तारले यस क्षेत्रका वासिन्दालाई महगों निजी अस्पताल वा अन्यत्र जानु पर्ने समस्यालाई निराकरण गर्ने विश्वास लिईएको छ ।