
पुस १३ , बर्दिवास ।
शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि बर्दिवास नगरपालिकाले जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो अभियान सुुरु गरेका छन । बर्दिवास रेड क्रस सोसाईटी बर्दिवास शाखाको आयोजनामा बुुधवार बर्दिवास नगरपालिका वडा नम्वर ३ गौरीडाडा (टोकी ) टोलका जाडो वाट प्रभावित १६ घरधुरी परिवारलाई राहत वितरण गरेका छन ।
रेडक्रसले बर्दिवास नगरपालिकाको पहलमा गरिब तथा विपन्नहरूका लागि न्यानो र अति आवश्यक कपडा वितरण गरेका छन । जसमध्य कम्वल २ थान,सारी १ थान,मर्दाना धोती १ थान,सेतो कपडा १ थान, पेटीकोट कपडा १ थान,बाल्टीन १,भाडा सेट १ थान, थाल २ वटा,कचौडा २ वटा,गिलास २ वटा,प्रिन्ट कपडा १ सेट,निलोजीज कपडा १ थान गरी एक परिवाललाई पुुग्ने सबै सामाग्री वितरण गरीएको नेपाल रेड क्रस सोसाईटी बर्दिवास शाखाका अध्यक्ष रेबन्त कार्की सुुदिपले जानकारी गराए ।
अहिले हामीले वडामा पहिचान गरिएका ठाउँहरुमा विभिन्न संस्था मार्फत काम गरिरहेका छौ । जाडो बाट बचनका लागि टोल टोलमा र चोकमा धुनी बाल्ने गरी वडाअध्यक्षको जिम्मा लगाएका छौ’ नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले भने ‘अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने कामलाई पनि अघि बढाएका छौ, जसका लागि विभिन्न क्षेत्रसँग समन्वय भइरहेको छ ।’
चिसोबाट जोगिनका लागि बर्दिवास नगरपालिकाले जनचेतनामुलक कार्यक्रमलाई पनि अघि बढाउने मेयर क्षेत्रीले जानकारी दिएका छन् ।
बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुुमार क्षेत्रीकोे प्रमुख आतिथ्यता,बर्दिवास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विराट विष्ट तथा नेपाल रेडक्रस बर्दिवास शाखाको अध्यक्ष रेबन्त कार्की (सुदिप)को अध्यक्षतामा न्यानो कार्यक्रम वितरण गरिएको हो ।