बर्दिबासलाइ फेरि छोयो निर्वाचनले, अध्यक्षको लागि ३ सहित २८ उम्मेदवारले गराए मनोनयन


प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रौनक सकिएको केहि हप्ता मात्र भएको छ। बर्दिबासलाई फेरि अर्को निर्वाचनले छोएको छ। विगत १० वर्ष पछि हुन लागेको बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनले यतिबेला बर्दिबासको माहोल निर्वाचनमय बनेको छ। आइतबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकोमा अध्यक्ष पदको लागि ३ सहित २८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन। दुई समुहले प्यानल सहित र अध्यक्ष तथा सदस्यको लागि दुईजनाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन ।

अध्यक्ष पदकोलागि बिष्णु बहादुर खड्का, कृष्ण प्रसाद गौतम र जागेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्य पदकोलागि बिष्णु बहादुर खड्काको प्यानलबाट उत्तम कुमार श्रेष्ठ, गुन्ज बहादुर कार्की, सन्तोष कुमार श्रेष्ठ, चौधरी महतो, सन्तोष सिग्देल, बिष्णु देव उपाध्याय, शैलेस दाहाल, बद्री प्रसाद हुमागाइ, रुद्र बहादुर किङ्गरिङ्ग मगर, रन्जीतराज ढुङ्गाना, नसिब नदाफ र सुरज खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी कृष्ण प्रसाद गौतमको प्यानलबाट सद्स्य पदमा अशोक महतो, दिपक कुमार कार्की, उषा ढकाल, चन्द्र बहादुर खड्का, फणिन्द्रराज भट्टराई, पवन ढुङ्गाना, बेचु बहादुर बल, दिपेन्द्र पराजुली, रामनाथ साह, अत्ताबुल नदाफ, सन्तोषमणी घिमिरे र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सदस्य पदकोलागि सागर फुयालको पनि उम्मेदवारी परेको निर्वाचन समिति सदस्य शम्भु प्रसाद भट्टराईले जानकारी दिनुभयो।
निवर्तमान कार्यसमिति सदस्य मध्ये कृष्ण प्रसाद गौतम र दिपक कुमार कार्कीले एउटै प्यानलबाट अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन ।

निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवार नामावली प्रकाशित गरिनेछ। आजै उम्मेदवारी विरुद्ध उजुरी दर्ता गर्ने तथा छानबिन गरी त्यस उपर निर्णय गरिने प्रकृया रहेको भट्टराईले जनाउनु भयो ।

मंसिर २७ गते १२ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने सोही दिन दिउसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ।

मंसिर २८ गते उम्मेदवारहरुलाइ चुनाव चिन्ह प्रदान गरिनेछ भने पुस ५ गते नयाँ नेतृत्वको लागि बिहान ८ बजे देखि ५ बजे सम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य भट्टराईले जानकारी दिनुभयो ।

१५ सदस्यीय कार्यसमितिको लागि १ अध्यक्ष सहित १३ पदाधिकारीको लागि मतदान हुनेछ भने निवर्तमान अध्यक्ष पदेन सदस्य तथा निर्वाचित कार्यसमितिले १ जना महिला सदस्य मनोनीत गर्ने उद्योग वाणिज्य संघको विधानमा उल्लेख भएको भट्टराईले जनाउनु भयो ।

यस पटक निर्वाचनमा १७६९ सदस्यहरुले भाग लिदैछन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको