बर्दिबास उद्योग वाणिज्य संघ निर्वाचन:नयाँ नेतृत्वको लागि १७ सय बढीले मतदान गर्ने, सदस्यहरुको नामावलि प्रकाशित हुदै।


टक नेपाल/बर्दिबास । बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा करिब १७८० जना सदस्यहरुले नयाँ नेतृत्वको लागि मतदान गर्ने भएका छन । करिब २६ सय बढि सद्स्य रहेकोमा हाल नविकरण लगायत अद्यावधिक भएका १७८० को करिब रहेको बर्दिबास उद्योग वाणिज्य संघका कार्यालय सहायक घनश्याम न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम अनुसार यहि मंसिर २० गते सम्म दर्ता वा नविकरण भएका सदस्यहरुले मात्र निर्वाचनमा भाग लिने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य शम्भुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

म्याद सकिनु अघि उल्लेखनीय मात्रामा सदस्यता लिएकाहरुले नविकरण गराएका हुन । विगत १० वर्ष यता पहिलो पटक हुन लागेको निर्वाचनमा बर्दिबास नगरपालिका भित्र संचालित व्यापारिक संस्थाहरुले नयाँ नेतृत्व प्रकृयामा भाग लिदैछन । यस अघि बर्दिबास नगर क्षेत्र बाहिर रहेका व्यापारिक फर्महरुले समेत सदस्यता लिइ मतदान गर्ने गरेका थिए।
निर्वाचन कार्यक्रम अनुसार बिहिबार सदस्यहरुको नामावलि प्रकाशन तथा सच्याउने प्रकृया रहेको छ भने मंसिर २३ र २४ गते नामावलि उपर दाबी विरोध गर्न सकिने छ। दाबी विरोधको छानबिन गरी २४ गते दिउसो ४ बजे सदस्यहरुको अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समिति सदस्य भट्टराईले जानकारी दिनु भयो ।

त्यसैगरी २५ गते उम्मेदवार मनोनयन दर्ता खुल्ला गरिनेछ भने २६ गते बिहान उम्मेदवार नामावली प्रकाशित गरिनेछ। २६ गते नै उम्मेदवारी विरुद्ध उजुरी दर्ता गर्ने तथा छानबिन गर्ने प्रकृया रहेको भट्टराईले जनाउनु भयो ।

मंसिर २७ गते १२ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने सोही दिन दिउसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ।

मंसिर २८ गते उम्मेदवारहरुलाइ चुनाव चिन्ह प्रदान गरिनेछ भने पुस ५ गते नयाँ नेतृत्वको लागि बिहान ८ बजे देखि ५ बजे सम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य भट्टराईले जानकारी दिनुभयो ।

१५ सदस्यीय कार्यसमितिको लागि १ अध्यक्ष सहित १३ पदाधिकारीको लागि मतदान हुनेछ भने निवर्तमान अध्यक्ष पदेन सदस्य तथा निर्वाचित कार्यसमितिले १ जना महिला सदस्य मनोनीत गर्ने उद्योग वाणिज्य संघको विधानमा उल्लेख भएको भट्टराईले जनाउनु भयो ।

यस अघि २०७० सालमा भएको निर्वाचनमा ५४१ सदस्यहरुले मतदान गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको