उत्तम खेती,मध्यम व्यापारको उद्देश्य लिएर प्रांगरिक मल तथा जैविक मल प्रयोग गर्नु पर्ने : मेयर क्षेत्रीको भनाई


बर्दिवास ः महोत्तरीको मनरासिसवा नगरपालिकाले आयोजना गरेको पाँच दिवसीय जैविक एंव प्राकृतिक खेती प्रशिक्षण तालिम सम्पन्न भएको छ । मंसिर ९ गरे शुक्रवार देखि मंसिर १३ गते मंगलवार सम्म चलेको प्रशिक्षण तालिममा मनराशिसवा नगर भित्र रहेका ५० जना किसानहरु सहभागि भएको थियो ।

पाँच दिवसीय तालिममा स्थानीय स्तरमा प्रांगरिक मल तथा जैविक विषादी बनाउने र प्रयोग सम्बन्धी तालिम आयोजना गरेको मनराशिसवा नगरपालिकाको प्रमुख प्रशाकिय अधिकृत माधवेन्द्र चौधरीले बताए । उनले भने,यस नगरपालिकाले किसानशरुला लागि यो तालिम संगसंगै अगामी दिनहरुमा पनि विभिन्न किसिममको तालिम अयोजना हुने गरी पालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट राखेको चौधरीले जानकारी गराएका हुन ।
तरकारीमा बढी विषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीय स्तरमा पाइने अमिलो, टर्रो, पिरो, तितोलगायतका वस्तुहरुको प्रयोग गरेर खेतिवाली लगाउन सकिने प्रशिक्षक मनेश्वर राय र अपुर्वेले बताए ।
तालिमको समापन समारोहमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाक नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले मनराशिसवा नगरपालिका मात्र नभई जिल्लाका सबै पालिकाहरुमा उत्तम खेती,मध्यम व्यापारको उद्देश्य लिएर प्रांगरिक मल तथा जैविक विषादी प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिनु भएको हो ।
देशभरीमा मल खाद्यको समस्या भईरहेको बेला यस्ता किसिमको तालिम बाट सिकेको कुराहरु बाट धेरै किसिमको मलखाद्य बनाउसकिने नगर प्रमुख क्षेत्रीले बताउनुभएको हो ।
समापन समारोहमा सहभागीको तर्फबाट रवि आदित,मनेश्वर राय, अपुवो जी, मनरा शिसवा नगरपालिकाकी नगर उप प्रमुख सकुन्ताला देवीले मन्तब्य राखेका थिए । कार्यक्रम मनरा शिसवा नगरपालिका नगर प्रमुख मोहन पाण्डेको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत माधवेन्द्र चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमा बोल्दै मनरा शिसवा नगरपालिकाको नगर प्रमुख मोहन पाण्डेले भने, कृषि र पशुपालनमा नमुना बनाउने गरी काम भइरहेको जानकारी दिए उनले उत्पादनमुखी र व्यवसायीमुखी कृषकलाई नगरपालिकाले सहयोग गर्न पछि नपर्ने बताए ।
उक्त कार्यक्रम मनराशिसवा नगरपालिका मार्फत आयोजित एवं पतंजली रिसर्च ईस्टिटयुट द्धारा प्राविधिक सहयोगमा भएको आयोजक संस्थाले बताए ।

जैविक कृषि तालिममा सिकाएका केही बुदाहरु ः
जैविक खेती कृषि उत्पादनको एउटा यस्तो व्यवस्था हो जसले सबै प्रकारको कृत्रिम निवेशहरूको प्रयोगलाई प्रतिबन्धित गर्दछ, माटोलाई उब्जाउ बनाउँछ तथा ‘फसल चक्र’को विविधिकरणलाई आवश्यक बनाउंछ । विभिन्न बाली, घांस, चारा एवं बाली र पशुहरूको बीच पूरक–एकताको प्रविधिलाई अपनाउँछ । यसले कृषि, जलवायु, स्वास्थ्य, जैविक विविधता सहित अनेक जैविक चक्रहरु एवं माटोको जैविक गतिविधि हरुलाई संवर्धन एवं विकसित गर्दछ । जैविक या प्राकृतिक खेतीको उचित ब्यवस्थापनले जल प्रदुषणलाई घटाउँछ, अथवा समाप्त पारेर खेतमा पानी र माटोलाई, संरक्षित गर्नमा मद्दत गर्दछ ।
‘जैविक खेती त्यो हो जसमा प्राकृतिक संसाधनहरु तथा उत्पादनहरूको उपयोग गरिन्छ र यसको साथै यसले प्राकृतिक संसाधन हरुलाई समृद्ध पार्दछ । खेतीको यस पद्धतिमा कृषि रसायनहरु जस्तै रासायनिक उर्वरकहरु, किटनाशकहरु र झारपात–नाशकहरुसंगै जी.एम. बिउहरूको पनि उपयोग गरिदैन ।’
जैविक खेती अभियान सम्बन्धी अन्तर्राष्ट्रिय महासंघले जैविक खेतीलाई यसरी परिभाषित गरेको छ । जैविक खेती यस्तो उत्पादन पद्धति हो जसले जमिन, पर्यावरण चक्र र मानिसहरूको स्वस्थ्यमा दिगोपना कायम गर्दछ। यो पर्यावरणीय प्रक्रिया, जैविक विविधता र स्थानीय परिवेशसंग अनुकूलित चक्रमा निर्भर गर्दछ, प्रतिकूल प्रभाव पार्ने वस्तुहरूको प्रयोगमा होइन । जैविक खेती पद्धतिमा वातावरणीय सन्तुलन, पारस्परिक सुमधुर सम्बन्धको संवर्धन तथा सम्बद्ध सबैको जीवन–स्तरमा सुधार ल्याउने उद्देश्यले परम्परा, नवीनता, र वैज्ञानिक आविष्कारहरूलाई समेत समाहित गरिन्छ ।
“जैविक खेती प्रविधि”मा दिगो कृषि तथा “वातावरण मैत्री खेती विधी” प्रयोग गरी बोटविरुवा उत्पान गरिने भएकोले यसले “ग्लोबल वार्मिड्ड” कम गरी जनस्वास्थ्य, मानव समुदाय, सुरक्षित खाना, राम्रो पोषण र पशु कल्याणको संरक्षण गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार