वर्दिवासबाट सूर्य चिन्हमा स्वस्तिक छाप लागेको मतपत्र बोकेको भारतीय गाडी नियन्त्रणमा


बर्दिबास । महोत्तरीको बर्दिवासबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ ७ बजे बर्दिवास ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पंगेनीले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको