महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयमा मल आएको थाहा पाएपछि तीन/चार दिन सम्म बिहान देखि बेदुकासम्म प्रतीक्षामा बसेर आफ्ना जनप्रतिनिधिहरु सङ्ग मल मागिरहे । चार दिन सम्म मल नबाडेपछी किसानहरुले मल बाड्नका लागि दबाब दिन वडा कार्यालय घेराउ गर्न पुगे । आक्रोशित भिडले समान्य होहल्ला गरे तर गरिब निमुखा किसानले मल पाउने छाटकाट नदेखेपछी बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीलाई बोलाए । यतिकैमा आफ्नो राजनितिक प्रतिशोध साध्न वडाअध्यक्षले आफू माथि किसानहरुले हातपात गरेको आरोप लगाए ।
वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज गरेको झुठो आरोपमा माओवादी निकटका जनप्रतिनिधिहरूले त विज्ञप्ति समेत निकालेका छन् । माओवादीका वडाअध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै मतियारको परिचय दिएका छन् ।
बर्दिवास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको झुठो विषयलाई लिएर माओबादी निकट जनप्रतिनिधिहरूले प्रशासनलाई आफ्नो हातमा लिइ जबर्जस्ति कानुनी डन्डा चलाउन आफ्नो सम्पुर्ण शक्ति लगाएका स्थानियबासिले बताउ छन् । स्थानियहरुले त वडा अध्यक्षको नामनै परिवर्तन गरी मलचोर वडा अध्यक्ष राखेको छ । वडा अध्यक्ष साह यस अघि सेवाग्राहीलाई समेत कुटपिटक गरेको आरोप छ ।









