धनवीर महतो
महोत्तरी ।
ईलाका प्रशासन कार्यालय वर्दिवासबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभाराम्भ भएको छ । नागरिकको सम्पूणर् विवरणलाई एकीकृत रुपमा समावेश गरि तयार गरिएको वहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण कार्य सोमबारबाट शुरु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले वहुउपयोगी यो परिचयपत्र हरेकलाई कार्यसम्पादन गर्नका लागि आवश्यक रहेकोले आ-आफनो परिचयपत्र लगायतका डकुमेन्ट लिएर वनाउनका लागि सवैमा आग्रह गरेका छन् । जनगुनासोको सुनवाई हुने किसिमले सरल र सुलभ रुmपमा कार्यसम्पादन गर्नका लागि प्रमुख जिल्ला अधिकारी दाहालले कर्मचारीसमक्ष आग्रह गरेका हुन ।
कार्यक्रमकाबीच वर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले पहिले यहीबाट राहदानी उपलब्ध हुँदै आएको थियो तर पछिल्लो समयमा आएर सो सेवा बन्द भएको जानकारी गराउँदै पुनः राहदानी उपलब्धताको माग गरेका हुन ।
कार्यालय प्रमुख संदेश अधिकारीले विविध प्राविधीक कारणवश परिचयपत्र वितरणमा केही समस्या रहेकोले यथासिघ्र समस्या समाधान गरि कार्यसम्पादन गर्ने बताएका छन् ।
राष्ट्रिय परिचयपत्र वर्दिवासबाट प्राप्त हुने भएपछि अव जलेश्वर जाने झण्झटबाट जिल्लाका उत्तरीवर्ती क्षेत्रका सेवाग्राहीहरु मुक्ति पाएका छन् ।









