वातावरण निर्माणका लागि तिनैतहका सरकार असफल : मुख्यमन्त्री राउत


२९ जेठ, महोत्तरी । सरकारीपक्षको स्पष्ट नीति र योजनाकै कारण मुलुक समृद्धितर्फ लम्कन नसकेको मधेश प्रदेशका मुख्यमन्त्री मो लालबाबु राउतले बताएका छन् । शनिबार वर्दिवासमा महोत्तरी चेम्बर अफ कमर्शले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

पछिल्लो समयमा आएर स्वदेशमा आवश्यक स्रोत साधनलाई उपयोग गरेर स्वरोजगारीको वातावरण निर्माणका लागि तिनैतहका सरकार असफल भएको मुख्यमन्त्री राउतले स्पष्ट पारे । राउतले भने, ‘आर्थिक उन्नतीको सवालमा सरकारले स्पष्ट नीति र साधन, स्रोतको व्यवस्थापन गर्नुपर्थ्यो तर त्यसो हुन सकेन । जसको कारण हजारौं युवा बर्सेनी विदेशिन बाध्य छन् । अब सरकारले ती युवा केन्द्रित कार्यक्रम ल्याएर स्वदेशमा रोजगारीको प्रबन्ध गर्नु आवश्यक छ ।’

मधेश प्रदेश सरकारले पछिल्लो समयमा निर्माण गरेको ऐन र नीति संघीय सरकारकै कारण कार्यन्वयन हुन नसकेको राउतले आरोप लगाएका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्नका निम्ति सरोकरवालापक्षको भुमिका आवश्यक रहेको नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । अध्यक्ष श्रेष्ठले कृषिमा आधारित रहेको मधेश प्रदेशको योजना र बजेट पनि कृषिमैत्री ल्याउनका लागि मुख्यमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

सोहीबीच बर्दिवास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले नगरका युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएर विदेशिनुबाट रोक्ने योजना सुनाए । खासगरि कृषिमा आधारित बजेट ल्याएर युवा केन्द्रित कामकाज यसबर्ष नगरभरिमा गरिने नगरप्रमुख क्षेत्रीले उदघोष गरेका हुन् । नगरप्रमुख क्षेत्रीले बर्दिबासका विकासका निम्ति प्रदेश सरकारको भुमिका अनिवार्य भएकोले सकारात्मक भुमिका निर्वाह गरिदिनका लागि मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका हुन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको