महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा माग


२७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयलाई सुुझाव पेश गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधबार भेटेर समितिले सुझाव पेश गरेको हो । सातैवटा प्रदेशका महिला उद्यमी व्यवसायी र महिला उद्यमी समितिबाट विभिन्न मितिमा सञ्चालित कार्यक्रमहरुबाट आएका सुझावहरु मन्त्रालयमा पेश गरेको हो ।

महासंघले सहुलियतपूर्ण कर्जा, सूचनाको पहुँच, पुनरकर्जा, परियोजना कर्जा, वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम, दर्ता नगरी सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुलाई दर्ता प्रक्रियामा लैजाने, वस्तु बजारीकरणलगायतका विषय समेटेर सुझाव पेश गरेको छ ।

भेटका क्रममा उद्योग सचिव पोखरेलले महिला उद्यमीका लागि व्यावसायिक महत्वका व्यक्ति कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीलाई प्राथमिकता दिने, वित्तीय साक्षरता, सूचनाको पहुँचलगायतका अन्य प्रवद्र्धनात्मक कार्यक्रमका लागि महिला उद्यमीसँग सहकार्य गर्दै जाने प्रतिवद्धता पनि जनाए ।

सचिव पोखरेलले कृषि क्षेत्रको प्रवद्र्धनका लागि खेतदेखि उद्योगसम्मको अवधारणा ल्याएको र यसको डिजाइन गर्दा महासंघसँग सहकार्य गर्ने पनि बताए । यसैगरी स्वदेशी वस्तुको प्रयोगका लागि गुणस्तर र मूल्यमा ध्यान दिन आग्रह गर्दै उत्पादित वस्तुको ब्राण्ड स्थापित गर्न समेत उनले सुझाव दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको