सांसद लामा : पाठ्यपुस्तक छाप्ने जिम्मेवारी अब निजी क्षेत्रलाई दिनुपर्ने


२६ जेठ,काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद नविना लामाले समयमा नै पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नु पर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो पाठ्यपुस्तक किन अभाव भयो ? जनक शिक्षा सामग्री केन्द्र बचाउने नाममा विद्यार्थीले कहिल्यै समयमा पुस्तक पाएनन् ।’ उहाँले वैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छाप्ने जिम्मेवारी अब निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको