
देबराज तामाङ
२० जेठ बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा न.८ मा रहेको श्री माध्यमिक बिधालय हातिलेटमा लाईन्स क्लव अफ बर्दिवास महोत्तरी र ईलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध र आत्म हत्या सम्बन्धि सचेतनामुलक कार्यक्रम ईलाका प्रहरी कार्यलय बर्दिबासका कार्यालय प्रमुख प्र.ना.उ रवि रावल ज्यूले गर्नु भएको, हो ।
उक्त कार्यक्रममा मधेश प्रदेश सभाका सदस्य शारदा देवी थापा , बर्दिबास न.पा. (८ का वडा अध्यक्ष शम्शेर सिंह लामा, लाईन्स क्लव अफ बर्दिवास महोत्तरीका प्रतिनिधिहरु , बिधालयका प्रधानध्यपाक, शिक्षक, शिक्षिकाहरु र ९ र १० का बिधार्थीहरु लगायत ९०र१०० जनाको उपस्थिती रहेको थियो ।