मनरासिस्वा नगरपालिकाले आइतबार सार्वजनिक विदा नदिने


१९ जेठ,महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएको छ । संघीय सरकारले दिएको दुई दिने बिदाको निर्णयलाई मनरा सिस्वा नगरपालिकाले नमान्ने भएको हो ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएको समयमा नगरभरिका सामुदायिक संस्थामा अब शनिबार मात्र बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत रंजितकुमार यादवले जानकारी दिए । जेठ १६ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरिएको यादवले बताए ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार प्रत्येक शनिबार सार्वजनिक बिदा हुने, आइतबारदेखि बिहीबारसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहने उल्लेख गरिएको छ । शुक्रबारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने उल्लेख गरिएको छ ।

संघीय सरकारले देशभरिका सार्वजनिक संस्थामा हप्तामा २ दिने सार्वजनिक बिदाको घोषणा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको