बर्दिवास नगरपालिकाकाले बृहत् पोषण विशेष कार्यक्रम सम्पन्न


१७ जेठ,बर्दिवास । बर्दिवास नगरपालिकाकाले बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धि स्वास्थ्य कर्मीका लागि आधारभुत क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

नगरपालिकाले तालिमको अवसरमा स्वास्थ्य कर्मीहरूलाई सम्मान गरेको हो । नगरपालिकाले पहिलो चरणमा पालिका भित्रका सम्पूर्ण स्वास्थ्य सस्थाका प्रमुख एवम प्रतिनिधहरूलाई एक हप्ते पोषण सम्बन्धि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।

बृहत पोषन कार्यक्रम सि एन एस आई सम्बन्धि तालिम बर्दिवास नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य कर्मीहरूलाई आधारभुत क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको स्वास्य शाखा प्रमुख सुरेश पासवानले जानकारी दिएका छन । उक्त कार्यक्रममा पोषनका फोकल पर्सन जिल्ल स्वास्थ्य कार्यालय बाट गिरेनद्र कुमार झा, रामचन्द्र राय यादव , सुरेश पासवान र रामबाबु यादवले सहजिकरण गर्नुभएको थियो ।

तालिम पश्चात् सम्पूर्ण स्वास्थ्य कर्मीको तर्फबाट बोल्दै बर्दिवास नगरपालिका ९ पशुपतिनगर स्वास्थ्य चौकीका प्रतिनिधि रेणु कुमारी आचार्यले तालिम निकै उपलब्धि मुलक भएको बताउनुभयो । पोषणको उचित मात्रा मिलाएर नखादा कुपोषण,लगाएत बच्चाहरूको वृद्धि र विकास समेत समस्या देखा पर्ने हुदा तालिमबाट पोषण सम्बन्धि जानकारी प्राप्त गरेको बताउदै तालिमबाट सिकेका कुराहरूलाई अन्य स्वास्थ्य कर्मी एवम नागरिकहरूलाई शिक्षण दिई स्वास्थ्य सम्बन्धि सचेतना फैलाउने बताउनुभयो ।

 

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले एक हप्ते बृहत् पोषण सम्बन्धि तालिममा बालबालिका तथा एक हजार दिने महिलाहरू लगाएत मानिसहरूले दैनिक जीवन उपभोग गर्ने पोष्टिक तत्वहरूका लागि हरेक बार खाना चारको मुख्य अवधारणालाई आत्मसाथ गरि दैनिक जीवनमा उपभोग गर्ने खाधपदाथको उमेर समूह अनुसार उपभोग पद्धतिका बारेमा स्वास्थ्य कर्मीहरूलाई जानकारी प्रदान गरिएको बताउनुभयो ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्रीले बृहत् पोषणलाई नगरपालिका स्तरमा लागू गर्नका लागि अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य कर्मीहरूलाई तालिम प्रदान गरेको बताउनुभयो ।

नगरपालिकाले पालिकाका १४ वटै वडाका स्वास्थ्य चौकी लगाय बर्दिवास नगरपालिकामा कार्यरत्त सम्पूर्ण स्वास्थ्य कर्मी,स्वास्थ्य स्वयसेवीकाहरुलाई थप यस्ता तालिम दिनुपर्ने कुरा बताउनुभयो ।
हरेक परिवारमा पोषण समस्या बारेमा नागरिकहरूको घरघरमा सचेतनाका लागि बृहत् पोषण सम्बन्धि तालिम लिए पहचात प्रचाप्रसार गर्नुपर्ने भन्दै मेयर क्षेत्रीले तालिम लिएका स्वास्थ्य कर्मीलाई सुझव दिए ।

एक हप्ते पोषण सम्बन्धि क्षमता अभिवृद्धि तालिम लिएका स्वास्थ्य कर्मीहरुलाई सम्मान साथ नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्रीले प्रमान प्रत्र प्रदान गरिएका हुन ।

समापन कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी रामबाबु यादवले गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको