बर्दिबासमा कांग्रेसले खाता खोलियो, वडा नं. ४ मा कांग्रेसबाट अक्कल तमाङ विजयी


बर्दिबासमा कांग्रेसले खाता खोलियो, वडा नं. ४ मा कांग्रेसबाट अक्कल तमाङ विजयी
बर्दिबास : महोत्तरीको बर्दिबासमा नेपाली कंग्रेसले खाता खोलेका छन् । बर्दिबास -४ मा ने नेपाल नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका अक्कल बहादुर तमाङले ११६ मतको फरकले विजयी भएका छन् । विजयी तमाङ ले ६१८ मत प्राप्त गरेका छन् ।

उनको निकट प्रतिद्वन्द्वी नेपाली मावोबादी केन्द्रका डिग वहादुर श्रेष्‍ठले ५३२ मत प्राप्त गरेका छन् ।  त्यस्तै, प्रहलाद क्षेत्रीकै पेनलबाट स्वतन्त्र उम्मेदवार दिप बहादुर कार्कीले ४७६ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवी बहादुर तिमिल्सिनाले १४६ मात प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २,३,४, ७, ८, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्काले ८९६ मत प्राप्त गरी विजयी, वडा नं. २ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट धिरेन्‍द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी, वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विराट कुमार विष्‍टले १५१५ मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल)ले ७२७ मत प्राप्त गरी विजयी, वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७५१ मत प्राप्त गरी विजयी, वडा नं. १२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट रामकिशोर साह ५०३ मत प्राप्त गरी विजयी, वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको