देबराज तामाङ
३ जेठ बर्दिबास । ईलाका प्रहरी कार्यालय बर्दिवासले लागुऔसधसहित १ जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाका आधारमा बर्दिवास नगरपालिका वडा नं १ स्थित रहेको दिपज्योती काउण्टरबाट सुमो गाडीमा अबैध लागू औषध लुकाई छिपाई काठमाण्डौं लैजान लागेको अबस्थामा अजित भन्ने लोक बहादुर पुर्वछानेलाई पक्राउ गरेको हो ।
निजको शरीर खानतलासी गर्दा अबैध लागू औषध NITRAVET-10 लेखिएको १ पत्तामा १५ चक्की, SPASMO PROXYVON PLUS लेखिएको निलो रङको १ पत्तामा ८ क्याप्सुलका दरले ३ पत्तामा २४ क्याप्सुल, अर्को १ पत्तामा ७ क्याप्सुल र अर्को १ पत्तामा ३ क्याप्सुल गरी जम्मा ३४ क्यास्सुल बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
पुर्वछानेलाइ जिल्ला अदालत महोत्तरीवाट ७ दिनको म्याद गरि प्रहरी हिरासतमा नै अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।











