स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री भन्दा एमाले टेक बहादुर बलाम्पाकी यती मतले पछि


३१ बैशाख,महोत्तरी । बर्दिबास नगरपालिकामा २ हजार ५ सय ६२ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले अग्रता कायम राखेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ११ मतले पछि पार्दै अहिलेसम्म प्रह्लाद क्षेत्रीले ७५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टेक बहादुर बलाम्पाकीले ७४६ मत प्राप्त गरेका छन् ।

वडा न।८ को मतगणना गर्दा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रुद्र किङरिङलाई ९ मतले पछि पार्दै माओवादी केन्द्रका समसेर सिंह लामाले जित हासिल गरेका हुन् ।

सम्सेर सिंह लामाले हसिया हथौडामा ७५३ मत र सूर्य छापमा ७४४ मत प्राप्त गरेका छन् ।उपमेयरमा भने अहिलेसम्म नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ६५८, माओवादी केन्द्रले ५२९ प्राप्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको