वर्दिवास : मतगणनामा धाँधली भएको भन्दै एमाले द्वारा आन्दोलन पश्चात पुन सुरु


३१ बैशाख वर्दिवास । महोत्तरीको वर्दिवास नगरपालिकामा जारी रहेको मतगणना अवरुद्ध भएको छ मतगणना स्थलमा निर्वाचन अधिकृतले धाधली गरेको आरोप लगाउँदै एमालेले नाराजुलुस प्रदर्शन गरिरहेका छन्।

वर्दिवास नगरपालिकाको वडा नं ८ बाट सुरु गरिएको मतगणनामा अन्तिम सम्मको योगफल अनुसार नेकपा एमाले वडा अध्यक्षको उम्मेदवार रुद्र बहादुर किंगरिंगले ३७ मतले जितेको भएपनि निर्वाचन आयोगले पछि ९ मत ले नेकपा माओवादीका उम्मेदवार शमशेर लामालाई विजयी भएको घोषणा गरे पछि यहाँ विवाद भएको छ ।

एमालेका नेता फाल्गुन सुशलिंगले शुक्रबार रातिदेखि जारी मतगणना परिणाम अनुसार प्रत्येक मतपेटिकाको गणनालाई आफूहरुको प्रतिनिधिहरुले टिपोट गरेर राख्दै आएकोमा प्रस्ट रुपमा एमालेका उम्मेदवार अग्रता कायम गर्दै आएको र माओवादीका उम्मेदवार आफैले ३७ मतले पराजित भए भनेर मतगणना स्थल छोडेर हिडेका बताए ।

नेता सुशलिंगले भने, ‘निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले वडा नं ८ को सबै गणना सके पनि परिणाम घोषणा गर्न कहिले सर्भर डाउन त कहिले के बहाना गरेर ३ घण्टा अलमलमा पारेर ३७ मतले जितेका हाम्रो उम्मेदवारलाई ९ मतले हारेको भन्दै माओवादीका उम्मेदवारलाई घोषणा गरे । जब माओवादीका उम्मेदवार स्वयं आफै हारेको थाहा पाएर हिडे पछि पनि निर्वाचन अधिकृतले गलत नियतले एमालेलाई हराएको हो । ‘

उनले आफूहरुले यो कदापी नमान्ने पुनस् गणना गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रेका छन् ।

एमालेका वर्दिवास नगरपालिका उपप्रमुखका उम्मेदवार दुर्गा दाहालले पनि माओवादीले हार स्वीकार गरेर सबै हिडे पछि षडयन्त्र पूर्वक जितेकालाई निर्वाचन अधिकृतले हराएको आरोप लगाए । उनले भनिन् , ‘यसमा षडयन्त्र भएको छ। प्रत्यक १०० को मतपत्र गणना गरिसकेपछि एलाउन्स हुनु पर्दछ। १००(१०० को गणना पछि परिणाम टाँस गरिनु पर्दछ तर त्यस्तो कुनै बन्दोबसन्त गरिएको छ । यसमा जरुर कुनै षडयन्त्र हो । हामी परिणामलाई मान्दैनौ । पुनस् गणना अहिले नै गरिनु पर्दछ ।’

अहिले यहाँको माहोल निकै तनावपूर्ण बनेको छ । एमालेका नेता कार्यकर्ता , समर्थकहरुले नाराजुलुस लगाइ रहेका छन् । अहिलेको यो परिणाम नसच्याए सम्म गणना गर्न नदिने अडान सहित माग गर्दै आन्दोलनमा उत्रेका छन् । बिरोध कै कारण मतगणना प्रक्रिया समेत २ घण्टादेखी रोकिएको छ ।

निर्वाचन अधिकृतले घोषणा गरेको मतपरिणाम अनुसार समसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४३ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार मतगणनामा धाधली नभएको र घोषणा गरेको उम्मेदवार नै विजयी भएका छन्।

यता माओवादी केन्द्रपनि पुनस् मतगणना गर्न नसकिने भन्दै उक्त प्रकृयावाट बाहिरिदै विजय जुलुस समेत निकालेका छन् ।

अहिले पुन:फेरी मतगणना भैरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको