महोत्तरी : जग्गाको बिषयमा झडप भएपछि भयो यस्तो


बिबेक कुमार महतो

२९ बैशाख । महोत्तरीको औरहीमा जग्गाको विषयलाई लिएर झडप हुदा ५ जना घाईते भएका छन् भने २ जना को अवस्था गम्भीर र ३ जना समान्य घाईते रहेका छन्।

औहरी नगरपालिका वडा नम्बर २ बस्ने चन्देश्वर साह र राम जिवन यादवको पक्ष बिच भएको झडपमा परि चन्देश्वर साहकी श्रीमती ६५ वर्षिया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षिय रामसिकिल साह गम्भीर घाइते भएका छन् भने ५५ वर्षिय राम जिवन यदव, उनका भाई ५० वर्षिय रामचन्द्र यादव र २१ वर्षिय बिजय कुमार यादव सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

सो झडपमा घाइते भएका राजकुमारी साह र उनका छोरा रामसिकिल साहलाई प्राथमिक उपचार पछि थप उपचारको लागि धरान लगिएको परिवार श्रोतले जनाएको छ र अन्यको औरही नगरपालिका वडा नम्बर १ मा रहेको राधा कृष्ण क्लिनीकमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

उपचार पश्चात रामजिवन हाल ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक रंजन मिश्रले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको