बर्दिवास : स्वतन्त्र उम्मेदवारको जनलहरले विपक्षीहरुलाई टक्कर दिदै


आसन्न स्थानीय तह चुनावको दिन नजिकिँदै जाँदा बर्दिवास नगरपालिकामा चुनावी रौनक बढेर्को छ ।आज बर्दिबासमा निस्केको विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारको र्याली तथा शक्ति प्रर्दशनी कार्यक्रममा ठुलो जनलहर स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्रीको र्यालीमा देखियो।

्उक्त र्यालीको जनमासले स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्रीको जित सुनिशिचित रहेको बताए ्र आज र्यालीको कोण सभामा सम्बोधन गर्दै जनसेवी नेता क्षेत्रीले जनलहरले मलाई मतदान भन्दा अगाडी नै बिजयी गरिदिनु भएको छ अब मतदान गरेर बिजयी गराउन मात्र बाकी रहेकोले त्यो पनि नतिजा पछि धोषणा हुने बताए।

्र यसका साथै आज चुनाबी प्रचारप्रसारको अन्तिम दिन ने.क.पा. एमाले ,ने.क.पा. माओबादी केन्द्र ,ने.क.पा.एकीकृत समाजबादी ,लोकतान्त्रिक समाजबादी पार्टी नेपाल लगायतले र्याली तथा शक्ति प्रदशन कार्यक्रम गरेका थिए।

्रबर्दिबास बिकासको सन्दर्भमा विभिन्न पार्टी तथा स्वतन्त्र उमेदवारहरुले आफ्ना आफना नगर बिकासका एजेण्डा कार्यक्रममा प्रस्तुत गरेका थिए। ्रकार्यक्रममा आफ्ना विचार राख्दै स्वतन्त्र उमेदवार प्रहलाद कुमार क्षेत्रीले नगर बिकासका लागि आफुलाई बर्दिबासबासीले नगर प्रमुखमा ल्याउन खोज्नु भएको हो र त्यो विश्वास जनता सामु आफुले प्रस्तुत गर्ने बताउदै यस क्षेत्रमा सुकुम्बासी लालपुर्जा समस्या समाधान,बर्दिबास मेडिकल कलेजको यस नगरमा स्थाइत्व,कृषि ,स्वास्थ्य ,शिक्षामा विकास, बजार,सडक,फोहोरमैला व्यवस्थापन,महिला शशक्तिकारण,दाइजो प्रथा,बालविवाह तथा धरेलु हिंसा अन्त्य ,धार्मिक स्थल निर्माण र संरक्षण लगायतका पक्षमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको