आचारसंहिता उल्लंघन गर्दै बर्दिबासमा शिक्षकले नै मत सर्बेक्षण गरेपछी


देवराज तामाङ्ग/टक नेपाल

महोत्तरीमा निर्वाचनको माहोललाई असान्त वनाउनेगरी सामाजिक संजालमा स्टाटस राख्नेहरुलाइ निगरानी बढाइएको छ ।

ब्यक्तीगतरुपमा मतसर्वेक्षण गर्ने जिल्लामा केही ब्यक्तीहरुलाइ बोलाएर सोधपुछ समेत थालिएको प्रहरीले जनाएको छ ।

यसैक्रममा सामाजिक संजालमा निश्ल प्रदिपलाई प्रहरीले आज नै सोधपुछको लागी बोलाएको छ ।

पेशाले सिक्षण पेशा गर्ने अधिकारीले आफ्नो फेसबुकमा ब्यक्तीगत आकलन गर्दै उम्मेदवारविचको स्वच्छ प्रतिस्पर्धामा गलत सन्देश प्रवाह गरेको आरोप लागेको छ ।

अधिकारीले स्वतन्त्र उम्मेदवार देखि नेकपा एमाले र माओवादी केन्द्रले बर्दिबासमा कति मत ल्याउछ भन्दै ब्यक्तिगत परिकल्पना गरेका थिए ।

स्वच्छ प्रतिस्पर्धालाइ ख्याल नै गरी भ्रामक र सामाजिक संवेदनसिलताको पक्षमा प्रहार गरेको राजनिती दलले नै आरोप लगाएका छन ।

कपोल्कल्पित स्टाटस राखेर निर्वाचनलाइ असान्त वनाउन खोजेको वताउदै कतिपय राजनिती दलले निश्ल भनिनेलाई कडा कारवाही गर्नुपर्ने माग छ ।

कर्मचारी भएर कसैको पक्ष, बिपक्षमा कडा प्रस्तुत हुनुलाइ निर्वाचन आयोगले नै आचारसंहिता उल्लंघन हुने उल्लेख छ तर अधिकारी इछ्छेस्वर माध्यामिक विध्यालयका प्रअ हुन ।

अधिकारीले सरकारी कर्मचारी भएपनि शृङ्खलाबद्धरुपमा सामाजिक संजालमा निर्वाचन केन्द्रित स्टाटसहरु राखेको पाइन्छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार स्टाटस लेखेर भ्रम फैलाउने अधिकारीलाइ २ घण्टा सोधपुछ गरेर छाडिएको छ ।

अवदेखी त्यस्ता खाले गल्तीहरु नदोर्‍याउने सर्तमा निश्ल भनिने अधिकारीलाइ छाडिएको रवि रावलले जानकारी दिए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको