बर्दिबासमा अबैध युरिया मल र एघार लाखको गाडी सहित थापा पक्राउ


देबराज तामाङ

२३ बैशाख । महोत्तरीको बर्दिबासमा अबैध युरिया मल र गाडी सहित एक जना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका वडा नं. ८ हाथिलेट बस्ने बर्ष ४० को प्रेम बहादुर थापालाई सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बर्दिवास नगरपालिका वडा नं.३ स्थित वि.पि.राजमार्ग सडक खण्डमा दक्षिण तर्फबाट उतरतर्फ आउँदै गरेको समयमा ईलाका प्रहरी कार्यलय बर्दिबास बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छन ।

थापाले प्र.२‍‍-०४-००१ च. ००३६ नम्बरको सेतो रङ्गको योदा पिकअप गाडीमा अबैध भन्सार छली ल्याएको भारतीय युरिया मल जम्मा ५३ बोरा (सैतीस हजार एकसय ) गाडीको मुल्य नेपाली (एघार लाख) गरी जम्मा (एघार लाख सैतीस हजार एक सय) मुल्य बराबरको सामान बरामद भएको छ ।

थापालाई नियन्त्रणमा लिई उल्लेखित नम्बरको पिकअप गाडी सहित आवश्यक कारबाहीको लागी भन्सार कार्यालय महोत्तरी पठाईएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको