बर्दिबास । आसन्न स्थानीयतहको निर्वाचनको लागि बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रहलाद कुमार क्षेत्रीले आफू नगरप्रमुख(मेयर) मानिर्वाचितभएकुनै पनि सरकारी सेवा सुबिधानलिने बताउनुभएको छ ।
प्राईम टाईम टेलिभिजनबाट बर्दिवासमा आयोजित स्थानिय तह निर्वाचन २०८९ विशेष कार्यक्रममा बोल्दै नेता क्षेत्रीले भने बर्दिबासलाई विकास चाहिन्छ भने हाम्रोलाई हैन राम्रोलाई जिताउनुस ।

सरकारले माध्यमिक शिक्षा निःशुलक गरेपनी बर्दिबास नगरपालिकामा शुल्कदिदै गरेको प्रबृत्तिलाई निर्वाचित भएपछी यसपालिकामा रहेका सम्पुर्ण माध्यमिक शिक्षा निःशुल्क गरिने गरी शिक्षामा सुधारको योजना अघि बढाउने बताउनुभयो । यस नगरलाई शिक्षाको हव क्षेत्रको रुपमा विकास गर्ने नयाँ शिक्षा बिद्धहरु संगको परामर्शमा शिक्षा क्षेत्रमा सुधार गर्ने बताउनुभयो ।
बर्दिबासका जनताहरुले विकास हेर्न चाहेको, देखिनेगरी विकास अनुभुतगर्न चाहेको भन्दै उहाँले एक पटक मतदिएर जिताउन नगरवासीमा आग्रहगर्नुभयो । यसक्षेत्रको सडक, ढलनिकासको समस्यापहिलो प्राथमिकतामा राखेर विकास अघि वढाउने भन्दै उहाँले नगरवासीको मतआवश्यक रहेको बताउनुभयो । एक चोटी कामगर्ने मौकादिनुस, नगरवासीले चाहेको जस्तो कामगर्न नसके सजायको भागिदार हुनतयार रहेको बताउनुभयो ।
भ्रष्टाचाररहित समाजनिर्माणले बर्दिबासको शिक्षा,स्वास्थ,खानेपानी, युवा स्वरोजगार, कृषिपर्यटनको क्षेत्रमाकाम गरेर जनतालाई विकास के भन्ने अनुभुतीगरेर देखाउने बताए ।
एक वडा एक कृषिउत्पादन ,कृषि सडकको बिस्तारको साथसाथै हरेक वडामा ढुवानीका लागि गाडीको निःशुल्क सेवा, हरेक किसानलाई समयमै मलखाद्य,बिउको व्यवस्थापनगर्ने बताउनुभयो । नगरवासीको चाहानाअनुरुप यस क्षेत्रमालामो समय देखि मालपोत, नापीकार्यालय स्थापनाभएर पनि सेवाबाट बञ्चितहामी सबै स्थानीयवासीको लागिमालपोत र नापीकार्यालय सेवा सुचारु गराउन नेता क्षेत्रीले खेलेको भूमिका समेत अवको निर्वाचनमानेता क्षेत्रीलाई अमूल्यमतदिएर देखाउने बेलाभएको स्थानीययूवा नेताआसुतोश झाले विगतस्मरण गर्दै बताउनुभयो ।

अरुले बोल्छन तर प्रहलादकुमार क्षेत्रीले काम गरेर देखाउँछ र गर्छ । नेता क्षेत्री कुर्सीमा नरहेपनि जनताका लागि दिनरात काँधमाकाध राखेर जनताको दुःख सुखको सहयात्री रहेरकाहुनाले आफ्नै लगानीमा जनतालाई सेवा गरेको सहभागी झाले बताउनुभयो । उहाँले सार्बजनिककार्यक्रमबोल्दै भने,“ बर्दिबासनगर पालिकामाउधोग बाणिज्य संघको स्थापना, भबननिर्माण, रेडक्रस कार्यलय भबनमाबनाउनमा सहयोग र मालपोत, नापीकार्यलयको स्थापनामाप्रमुखभुमिका रहेको हुनाले नेता क्षेत्रीनै बर्दिबास नगरपालिकाका लागि उपयुक्त मेयर रहेको हुँदा यसपटक जनताले क्षेत्रीलाई नै चुन्नेछ भनी सहभागी झाको भनाई छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकामा त्रीपक्षीय भिडन्त हुने देखिएको छ । महोत्तरीको १५ वटा स्थानीय तहमध्ये बर्दिवास नगरपालिका हुने निर्वाचनलाई प्रमुखताका साथ हेरिएको छ ।











