लागुऔसध सहित बर्दिबासका तीन जना पक्राउ


देबराज तामाङ्ग

१५ बैशाख । ईलाका प्रहरी कार्यालय बर्दिवासले लागुऔसधसहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा बर्दिबासवाट खटिएको प्रहरी टोलीले आज बर्दिबासस्थित सेन्टर पोइन्ट बोर्डिङ्ग स्कुल नजिकैवाट उक्त ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बर्दिबास वडा नं. १४ बस्ने २३ बर्षिय दिनेश साह, सोही ठाउँ बस्ने २३ बर्षका नै पोटा भन्ने रामबावु महतो र चाकु भन्ने जित बहादुर पुर्वछाने छन ।

उनीहरुको साथवाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट -१० लेखिएको १ पत्तामा ३० चक्कीको दरले ४ पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ७ दिनको म्याद गरि प्रहरी हिरासतमा नै अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको