१४ बैशाख । वैशाख ३० गते हुने भनिएको आसन्न स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशमा १ सय ३६ पालिकाको विभिन्न पदमा ३८ हजार ७ सय ८७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार दुई दिने मनोयन दर्ताको दिइएको समयावधिमा सो संख्यामा उम्मेदवारी परेको हो । मनोनयन दर्ता पश्चात उजुरी, दाबी विरोध छानबीन पश्चात अन्तिम सूची प्रकाशन गरिने निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ ।
आयोगका अनुसार मंगलवार बेलुकासम्म रुजु अनुसार मधेशमा पालिकाहरुको प्रमुखमा १ हजार ४ सय, उपप्रमुखमा ६ सय ६२, गाउँपालिका अध्यक्षमा ८ सय ९४, उपाध्यक्षमा ४ सय ७८, वडाध्यक्षहरुमा ९ हजार १ सय ८५, महिला सदस्यमा ६ हजार ५ सय २१, दलित महिला सदस्यमा ६ हजार २ सय २५ र अन्य सदस्यमा १३ हजार ४ सय २२ जनाको मनोयन दर्ता भएको छ ।
आयोगले जनाएअनुसार मधेश प्रदेशका सप्तरी जिल्लामा प्रमुखमा ९४, उपप्रमुखमा ६९, अध्यक्षमा १ सय १०, उपाध्यक्षमा ८०, वडाध्यक्षमा १ हजार २ सय १६, महिला सदस्यमा एक हजार ३, दलित महिला सदस्य ९ सय ५६ सदस्यमा एक हजार ९ सय ५६ जनाले उम्मेदवारी दिएका छन्् ।
सिरहा जिल्लामा प्रमुखमा १ सय ५७, उपप्रमुखमा ७३, अध्यक्षमा १ सय ४१, उपाध्यक्षमा ६१, वडाध्यक्षमा १ हजार ८३, महिला सदस्यमा ८ सय ९५, दलित महिला सदस्य ९ सय ५६ सदस्यमा एक हजार ९ सय ५६ जनाले उम्मेदवारी दिएका छन् ।
धनुषामा प्रमुखमा २ सय ५४, उपप्रमुखमा १ सय ५, अध्यक्षमा १ सय १०, उपाध्यक्षमा ४३, वडाध्यक्षमा १ हजार ४ सय ११, महिला सदस्यमा ९ सय ७३, दलित महिला सदस्यमा ८ सय ९५ र सदस्यमा १ हजार९ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने महोत्तरीको पालिकाहरुमा प्रमुखमा १ सय ८०, उपप्रमुखमा ९४, अध्यक्षमा ९०, उपाध्यक्षमा ४७, वडाध्यक्षमा १ हजार १३, महिला सदस्यमा ६ सय ३७, दलित महिला सदस्य ६ सय ३६ सदस्यमा एक हजार ३ सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।
सर्लाही जिल्लामा प्रमुखमा १ सय ६७, उपप्रमुखमा ९३, अध्यक्षमा १ सय ६१, उपाध्यक्षमा ७९, वडाध्यक्षमा १ हजार ४ सय ९३, महिला सदस्यमा एक हजार ४१, दलित महिला सदस्य ९ सय ९५ सदस्यमा दुई हजार ९५ जनाले र रौतहटमा प्रमुखमा ३ सय ७८, उपप्रमुखमा १ सय ४४, अध्यक्षमा ३५, उपाध्यक्षमा २४, वडाध्यक्षमा १ हजार २ सय ७३, महिला सदस्यमा ८ सय ५४, दलित महिला सदस्य ८ सय २७ सदस्यमा एक हजार ७ सय २२ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै पर्सा जिल्लाको पालिकाहरुमा प्रमुखमा ७६, उपप्रमुखमा ३१, अध्यक्षमा १ सय ४५, उपाध्यक्षमा ७८, वडाध्यक्षमा ७ सय ४१, महिला सदस्यमा ४ सय ४०, दलित महिला सदस्य ४ सय १ सदस्यमा एक हजार ६७ जनाले उम्मेदवारी दिएका छन् ।
देशभरिमा ३ हजार ४ सय ३० जनाले प्रमुखमा, ३ हजार ३ सय ६३ जनाले अध्यक्षमा, २ हजार ९७ जनाले उपप्रमुखमा, २ हजार ३ सय ८२ जनाले उपाध्यक्षमा, ३४ हजार ३ सय ५७ जनाले वडा अध्यक्षमा, २५ हजार ३ सय ४५ जनाले महिला सदस्यमा, २२ हजार ८ सय ९९ जनाले दलित महिला सदस्यमा र ५३ हजार ४ सय १ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।











