१० बैशाख बर्दिबास । बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तय भए संगै अहिले हरेक पालिकाहरुमा चुनावी सरगर्मी सुरु भएको छ । बर्दिबास नगरपालिका ९, पशुपतिनगरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले वडा अध्यक्षको उम्मेदवार चयन गरेको छ ।
सनीवार बसेको वडा कमिटीको बैठकले पशुपतिनगरस्थित दुर्गा माविका अध्यक्षसमेत रहेका युवा समाजसेवी धुरण महतोलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेका छन् । वडा नम्बर ९ निवासी महतो सामाजिक कार्यमा लागेर समाजमा आफ्नो परिचय स्थापित गरिसकेको युवा नेता हुन् ।

महतोले वडामा जितेपछि आफ्नो अधिकारलाई सदुपयोग गर्दै अरु वडा भन्दा नमुना वडाको रुप दिने बताए । महतोले टिकट पाउने भएपछि पार्टीमा मात्र होइन वडावासीमा समेत खुशी छाएको वडा कमिटीका सचिव सुकृत महतोले बताए ।
उनले भने,‘उम्मेदवारी दिने व्यक्ति सबैको साझा उम्मेदवारको रुपमा हुनुहुन्छ भने पनि हुन्छ उहाँ विरुद्ध कसैले औंलो ठड्याउन मिल्ने ठाउँ छैन । उहा वडा अध्यक्ष भएको ५ वर्षमा पशुपतिनगरको स्वरुप नै फेरिने समेत विश्वास गरेका छन् । महतो सचिवले अब अरु पार्टीहरु हार्ने दाबी गरेका छन् ।

वडामा सिफारिस भएपछि महतो पार्टीले आफ्नो योगदानको सम्मान गरेको प्रतिक्रिया दिएका छन् । उनले वडाबासीको चाहना अनुसार पशुपतिनगरलाई समृद्ध र सुखी बनाउने जनाएका छन् ।











