५ बैशाख । एमाले मधेश प्रदेश सचेतक शारदादेवी थापाले बिकासका अधुरा योजना सम्पन्न गर्न एमालेलाई भोट दिन आग्रह गरेकीछन् ।
हिजो आईतबार बर्दिबास २ मा युवा सँघको वडास्तरिय अधिबेशनमा बोल्दै थापाले यस्तो बताएकी हुन् ।
प्रदेश सांसद तथा एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहेकी उनले भनिन् हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यू को नेतृत्वमा बनेको सरकारको पालामा थुप्रै ठुलाठुला बिकास निर्माणका योजना सुरू गरेपनि बर्तमान सरकारले पूरा गर्न चासो दिएको छैन , अधुरा बिकास निर्माण सम्पन्न गर्न भोट दिएर एमालेलाई जिताउनुपर्छ ।
कार्यक्रममा नेता बलम्पाकी ,अर्का मधेश प्रदेश सदस्य शन्त परियार लगायतले पनि देशको समग्र बिकासका लागि एमालेलाई जिताउनुपर्ने धारणा राखेका थिए ।
भोट माग्दै रूद्र किङरिङ टोलटोमा
एमालेबाट बर्दिबास ८ का वडाध्यक्ष उमेदवारका प्रत्यासी रूद्र किङरिङले भोट माग्ने अभियान सुरू गरेकाछन् ।
हाथ्थिलेड , किङरिङ टोल निवासी उनले आफूले जिते वडामा शिक्षा , स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिने प्रतिवद्वता जाहेर गर्दै टोलटोलमा जनता भेला पारेर भोट माग्ने अभियान सुरू गरेको एक स्थानियले बताए ।











