महोत्तरीमा बढ्यो एमालेको चुनावि सरगर्मी 


५ बैशाख,बर्दिबास । नेकपा  एमाले  महोत्तरी जिल्ला कमिटीले चुनावि तयारी सकेको छ । बैशाख ८ गते जिल्लाका १५ ओटै स्थानिय तहका उमेदवार घोषणा गरिने एमाले महोत्तरीले जनाएको छ ।

केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले जानकारी दिएअनुसार सबै वडा कमिटीले वडाध्यक्ष उमेदवारका आकांक्षिहरूको सिफारिस जिल्ला कमिटीमा प्राप्त भईसके बताए ।
बलम्पाकीले भने  प्रमुख र उपप्रमुखका आकांक्षिहरूको सिफारिस आउने क्रम जारी छ । जिल्ला तह देखि टोल तह सम्मका पार्टी कमिटी चुनावमा होमिईसकेको बलम्पाकीले बताए ।

बिबाद छैन

नेता बलम्पाकीले टिकटको बिषयमा महोत्तरी एमालेमा बाहिर सार्वजानिक भएजस्तो बिबाद नरहेको बताए ।
नेताहरूले टिकट दावि गर्नु स्वाभाबिक भएको बताउँदै बलम्पाकीले भने  तर अन्तिममा पार्टी निर्णयको सबै नेतारकार्यकर्ताले शिरोपर गर्नेछन् र चुनावमा होमिनेछन् । ब्यक्ती होईन एमाले जिताउन सबै लाग्नेछन् ।

जुरमुरायो बर्दिबास एमाले

बर्दिबास नगरमा आजभोली दिनहुँजसो एमालेका विभिन्न कार्यक्रमहरू हुने गरेकाछन् । टोल कमिटी गठन भर्खरै सकेको एमालेले अहिले भातृ संगठन निर्माण र आन्तरिक प्रशिक्षणलाई तिब्र पारेको एमालेका मधेश प्रदेश सदस्य फाल्गुन सुस्लिङ्ले बताए ।

बर्दिबास वडा नं। ७ का वडाध्यक्ष समेत रहेका सुस्लिङले भने  लगभग अब उमेदवार घोषणा गरेर जनताको घरदैलोमा जान मात्रै बाँकी छ । यसपाली बर्दिबास नगर एमालेको लालकिल्ला बन्ने छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको