५ बैशाख,बर्दिबास । एमाले नेता टेकबहादुर बलम्पाकीले महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीको ध्यान बिकास निर्माणमा नभएर रातु खोला र कमिसनतिर मात्रै रहेको बताएका छन् ।
एमाले केन्द्रीय सदस्य समेत रहेका महोत्तरी जिल्ला अध्यक्ष बलम्पाकीले राष्टिय युवा सँघ नेपालको बर्दिबास वडा नं। २ अधिबेशनमा यस्तो बताएका हुन् । बर्दिबासको मेयरको ध्यान बिकास निर्माणमा पटक्कै देखिएन बलम्पाकीले भने मेयरको ध्यान कमिसन र रातु खोलाततिर मात्रै गएको देखियो ।
मेयर कार्कीले आफ्नो कार्यकालमा कुनै उल्लेख्य काम गर्न नसकेको दाबि गर्दै बलम्पाकीले प्रश्न गरे जबकी मेयरले सरकारी ढुकुटीबाट गाडी सुविधा पाउँछ , ईन्धन पाउँछ , भत्ता पाउँछ , अतिथी सत्कार , क्वाटर लगायतका सेवासुविधा पाउँछन् भने किन कमिसनको पछि लाग्ने ?
मेयर कमिसनको पछि लाग्दा बर्दिबासको बिकास हुन नसकेको बताउँदै नेता बलम्पाकीले मेयरसँग बिकासको उचित नहुँदा पनि बर्दिबास पछि परेको बताए ।
बलम्पाकीले बर्दिबासको समग्र बिकासको जिम्मा अब एमालेको काँधमा आएको बताए । उनले भने स्थानिय चुनावमा बर्दिबासमा एमालेले जित्ने पक्का छ । बिकास निर्माणको सहि भिजन एमालेसँग छ । अब बर्दिबासको समग्र बिकास एमालेले गर्छ । ढुक्क भएर एमालेले जिताउनुहोस् ।
माओवादी पृष्ठभुमीका नेता बलम्पाकीले बर्दिबासका बर्तमान मेयर कार्कीलाई जिताउन विशेष भुमिका खेलेका थिए ।











