उम्मेदवार छनौटमै विवादमा फस्नु गठबन्धन बढारिने संकेत हो : नेता बलम्पाकी


४ बैशाख । नेकपा एमाले का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन देशैभरी पत्तासाफ हुने दाबी गरेका छन्।

आइतबार बर्दिबास नगरपालिकाको ८ नं। वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै एमालेको महोत्तरी जिल्ला अध्यक्षसमेत रहेका नेता बलम्पाकीले यस्तो दाबी गरेका हुन्।

लोभीपापीहरूको पाँच दलीय झुन्डले चुनावी गठबन्धन बनाएको आरोप लगाउँदै बलम्पाकीले भने,पाँच दलीय भनिएको यो गठबन्धन अप्राकृतिक भएकाले यो चुनावमा पत्तासाफ हुन्छ, हेर्नुहोला।

बलम्पाकीले अगाडि भने, सरकारको नेतृत्व गरेको बेला केपी शर्मा ओलीले अकल्पनीय विकास गर्न थालेपछि उनको लोकप्रियता जनतामा आकाशियो।ओलीको लोकप्रियताले छाती पोलपछि पुष्पकमल दाहाल र माधव नेपालले पार्टी फोड्ने षडयन्त्र गरे। कांग्रेसलाई काँधमा बोकेर कम्युनिष्ट सरकार ढाले। अब अहिले उनीहरू नै गठबन्धनका नाममा जनतामा भ्रम छरिरहेछन्। चुनावमा उनीहरू पत्तासाफ हुनेवाला छन्।

उम्मेदवार छनौटमै गठबन्धन विवादमा फसेको बफम्पाकीले बताए। उनले भने, उम्मेदवार छनौटमै विवादमा फस्नु भनेकै गठबन्धन बढारिने संकेत हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको