राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि उप्युक्त वातावरण बनाउने : अध्यक्ष लिङ्देन


४ वैशाख, । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि उप्युक्त वातावरण बनाउने बताएका छन् ।

आइतबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनर्स्थापना गर्ने बताए ।

यद्यपि यसका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउनेवित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने उनले बताए ।

राजसंस्था पुनर्स्थापित भए राष्ट्र प्रमुखको अभिभावकीय संस्थाको रुपमा रहने उनले बताए ।

स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने बताउँदै उनले आफ्नै बलबुतामा चुनाव लड्ने बताए । चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास अध्यक्ष लिङदेनले व्यक्त गरे ।

अध्यक्ष लिङदेनलाई स्वागत गर्नका लागी जनकपुर विमान स्थलमै मधेश प्रदेशका विभिन्न ठाँउ बाट युवाहरु सामुहिक रुपमा पुगेका थिय । अध्यक्षको सोच बिचार योजनाहरु देशलाई बिकासको गतिमा अगाडि लैजाने देखिएको हुदा हामिले यो पार्टि रोजेका हौ युवा नेता सुरिन्दर सा ले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको