महोत्तरी : औरही नगरपालिकामा १५ शैय्याको अस्पताल,प्रत्येक वडामा स्वास्थ्य चौकीको शिलान्यास


२५ चैत । मधेश प्रदेश महोत्तरी जिल्लाको औरही नगरपालिकामा १५ शैय्याको अस्पताल र नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ ।

पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र राय यादवले नगरपालिका लाई दान गरेको १४ कठ्ठा जग्गामा १५ शैय्याको अस्पताल बनाउन लागिएको हो । जग्गाको अभावमा संघिय सरकारले १५ बेडको अस्पताल निर्माणको लागि सुनिश्चित गरेको वजेट फिर्ता हुने सम्भावना देखेपछि केन्द्रिय सदस्य यादवले एक वर्ष अघि सो जग्गा नगरपालिकालाई नगर अस्पताल निर्माणको लागि दान गरेको मेयर सुनिल यादवले बताए ।

अस्पताल र स्वास्थ्य चौकीहरु निर्माणको लागि ठेक्का भईसकेको र अव भौतिक निर्माणको काम सुरु हुने मेयर यादवले बताए । १५ बेडको अस्पताल निर्माणको लागि १८ करोड रुपैयाँ र सवा तीन करोडको दरले स्वास्थ्य चौकीको लागि वजेट विनियोजन गरिएको मेयर यादवले बताए ।

आफुले सदैव नगरवासीको हितमा काम गरेको बताउदै मेयर यादवले भने,‘शिक्षा, स्वास्थ्य, कृषि र यातायातको सडक निर्माण लगायतका जोड दिएर काम गरेको छु । अव हाम्रो नगरपालिका कुनैपनि समय कहि जान यातायातमा कुनै समस्या हुदैन सहज रुपमा गाडीले वा अन्य साधानले ओहरदोहर गर्न सकिन्छ ।’

यस्तै वडा नम्बर ३ मा नगरको सभा हल, स्थानीय श्री शोन्फी दशै उच्च माविमा प्राविधिक भवन, नगरपालिका अन्तर्गत बैरियामा रामजानकी मन्दिर र सोही वडामा रहेको विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ ।

नगरपालिकाको सभाहल उद्घाटन कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका केन्द्रिय सदस्य यादवले औरही नगरपालिकामा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा व्यापक परिर्वतन आएको बताए ।

औरही नगरपालिकामा काँग्रेसको चौतर्फि विकास भएको बताउदै पुर्व मन्त्री यादवले भने,‘ सबै वडामा स्वास्थ्य चौकी, नगर अस्पताल निर्माण भएपछि नगरवासीलाई समान्य उपचारको लागि वाहिर जानुपर्ने वाध्यता हटेर जान्छ । यो नै ठुलो उपलब्धी हो ।’

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता समेत रहेका न्यु गोदावरी अस्पतालका संचालक डा। अकाश अधिकारीले नगर अस्पताल सुरु भएपछि आफ्नो अस्पतालका चिकित्सकहरुले पनि आएर निःशुल्क रुपमा सेवा दिने प्रतिवद्धता जनाए । जग्गाको अभावमा स्वास्थ्य चौकी र नगर अस्पतालको शिलान्यासमा ढिलाई भएपनि निर्माण प्रक्रिया चाडै नै पुरा हुने सर्वसाधारणलाई उनले विश्वास दिलाए ।

कार्यक्रममा श्री शोन्फी दशै उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादवले मेयर यादवले विद्यालयमा भौतिक पुर्वाधार देखि विद्यालयलाई प्रदेशमै नमुना बनाउन ठुलो सहयोग गरेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको