नम्बर नखुलेको कारबाट ३० किलो लागु औषध गाँजा बरामद


१८ चैत । सशस्त्र प्रहरीले पर्साबाट ३० किलो लागु औषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट वशिष्ट पटेलको कमाण्डमा चार जनाको स्क्वाड टोली र सुरक्षा बेश वीरगंजबाट सप्रनानि पाण्डव प्रसाद मैनालीको कमाण्डमा खटिएको ७ जनाक़ा टोलीले बिहीबार राती पर्साको वीरगंज महानगरपालिका वार्ड नं २० स्थित हर्पतगंज सडक खण्डबाट लागु औषध गाँजा बरामद गरेको हो ।

विशेष सुचनाको आधारमा खटीएको टोलीले चेकप्वाईट थापी चेकजाँच गरी राखेको चेकिङ्ग टोलीलाई देख्नासाथ चेकप्वाईन्ट भन्दा ५० मिटर अगाडि सडकको बिचमा बिना नम्बर प्लेटक़ा कार तस्करहरुले छोडेर फरार भएको थियो , उक्त गाडी शंका लागि चेकजाँच गर्दा गाडीको डिकीमा दुई वटा रातो प्लाष्टिकलाई टेपले बेरेर राखेको अवस्थामा नम्बर नखुलेको गाडीको डिकी भित्र ३० किलो १०० ग्राम गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको