क्लब घर बनाउने विषयमा झडप,सांसद साहको टाउकोमा गहिरो चोट


१२ चैत,सर्लाही । सर्लाहीको ईश्वरपुरमा क्लबको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ ।

 

शनिबार ईश्वरपुर नगरपालिका ६ बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो । झडपको क्रममा दुईपक्षका स्थौनीयबीच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर १ का सांसद साह घाइते भएका हुन् ।

उनको वयलवासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । वयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गाको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।

 

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगे लगत्तै झडप भएको इलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको हो । उक्त क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिले आधा भत्काइएको थियो ।

सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लबको भवन बनाउन खोजेका थिए भने क्लब घर सँगैका छिमेकी लगायत अर्को पक्षले यही अवसरमा क्लबको घर निर्माणमा अवरोध गर्दै हटाउन दवाव दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको