हबल्दार हुँ भन्दै गरगहना चोरी गर्ने बर्दिबासका एक ठाकुर पक्राउ


देबराज तामाङ

ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले एक जना हबल्दार हुँ भन्दै गरगहना चोरी गर्ने व्यक्तीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला महोत्तरी वर्दिवास नगरपालिका वडा नं.१ बस्ने बर्ष ३४ को मनोज ठाकुर रहेको छ । उनलाई आज ईलाका प्रहरी कार्यालय बर्दिवास बाट खटिएको टोलीले ठाकुरको  घरकोठा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा चाँदीको गरगहना १२ किलो ८८१ ग्राम बरामद गरीएको ईलाका प्रहरी कार्यालयको प्रहरी निरिक्षक बालिस्टर सिंहको जानकारी दिए ।

प्रहरीका अनुसार झापा जिल्लाको दमक नगरपालिका वडा नं.१ स्थित पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सको प्रोप्राईटर मन प्रसाद गदाईलीले चैत ८ गते का दिन बर्दिवास स्थित सुनचाँदी पसलहरुले दिएको अर्डरको गरगहना पठाईएको थियो । बिभिन्न चाँदीको गरगहनाहरु तौल १३ के.जी. बराबरको कागजात सहित ज्वेलर्समा काम गर्ने भारत आसाम घर भएका ओम कालिकोटेले बर्दिवासमा हायस गाडीमा पठाएको थियो ।

जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं.४ बेतना सिमसार क्षेत्र अगाडीको बाटोमा एकजना अपरिचित पुरुष मानिसले गाडी रोकी म प्रहरीको हबल्दार हुँ, यो गाडी चेकजाँच गर्नु छ भनि गाडीमा राखिएको गहानाको झोला लिएर फरार भएका ठाकुरलाई ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी र ईलाका प्रहरी कार्यालय बेलबारी मोरंङको सयुक्त प्रहरी टोलीले पक्राउ गरिएको निरिक्षक सिंहले बताए ।

प्रहरीका अनुसार घटनामा संलग्न गरेकाहरु माथि अनुसन्धानका लागि प्रहरी कार्यालय बेलबारी मोरंङ पठाईएको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको