१० चैत,जनकपुरधाम । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति तय भए देखि विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नाम चर्चामा आइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रत्यासीहरुका नाम पनि चर्चामा आउन थालेको छ ।
यसै चर्चाको बिचमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरिनया गाउँपालिका को अध्यक्ष पदमा अघिलो चुनाव मा नेपाली कांग्रेस को पार्टी बाट स्वतन्त्र भएर प्रत्याशी भएको नेपाली कांग्रेस को नेता रामबाबु यादव को नाम यस पाली चर्चामा आएका छन् ।
अधिलो चुनावमा गाउँपालिका अध्यक्ष पद बाट प्रत्याशी भएको नेता रामबाबु यादव को आउदो चुनावमा जनताहरु साथ दिने बिश्वास समेत गरेका छ्न । उनी बिगत देखी नै राजनिती मा लागेको व्यक्ति रहेकोले आउदो स्थानीय चुनावमा फेरि नेपाली कांग्रेस बाट गाउँपालिका अध्यक्ष पद बाट उमेदवार लिने उनको दाबी छ ।











