देबराज तामाङ
अहिले सुख्खायाम गर्मी मौसम सुरुवात सँगै देशका बिभिन्न वन क्षेत्रमा आगलागीका घटना सुरुभएको छ ।
महोत्तरी र सर्लाही जिल्लाको चारकोसे झाडि नामले चिनिने जंगलमा गत सातादेखी डढेलो लागीरहेको छ । डढेलो दिनहू बढ्दो त्र्रmममा हुदा लाखौ बोट बिरुवाहरु सखाप हुदै गईरहेको छ यस्तो अवस्थामा पनि वन कार्यालय, सागरनाथ वन विकास परियोजना निकायले नियन्त्रणमा भने कूनै चासो दिएका छैनन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीको खयरमारा, टुटेश्वर क्षेत्रको जंगलमा अहिले पनि ढडेलो देख्न सकिन्छ। डढेलोको धुँवाले राजमार्गमा यात्रा गर्ने यात्रुलाईसमेत समस्या हुने गरेको छ।
लक्ष्मिनियाँ चोक नजिकै वन कार्यालय महोत्तरीले हालै २० लाख खर्च गरेर इको पार्क निर्माण गरेको छ। पार्क नजिकैको जंगल डढेलोले जलिरहँदासमेत वन कार्यालयका कर्मचारी मुकदर्शक बनेर बस्ने गरेका स्थानीयले बताएका छन्।
हिउँदयामका फागुन, चैत, वैशाख, जेठ जस्ता सुख्खा महिनामा तराईको वन क्षेत्रमा वर्षेनी डढेलो लाग्ने गरेपनि वन कार्यालय र स्थानीयले त्यसलाई नियन्त्रण गर्नेतर्फ खासै चासो दिने गरेको पाइँदैन।
वन डढेलो नियन्त्रणका लागि कतिपय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाएको जनाएका छन्। तर, राष्ट्रिय वन र साझेदारी वनले डढेलो निभाउन कुनै पूर्वतयारी गरेका छैनन्।
यस्तो वर्षेनी लाग्ने डढेलोको कारण लाखौ बोट विरुवा विभिन्न जडिबुटीहरु साथै वन्यजन्तु र चराचुरुंगीको विनास भएको छ।









