बर्दिबास हेल्फ फाउन्डेसनले छात्रवृत्तिबाट अध्यनरत बिद्यार्थीलाई गरे प्रामाणपत्र बितरण


देबराज तामाङ

२८ फागुन बर्दिबास । हेल्प फाउण्डेशन बाट स्थापना भएको छात्रवृत्तिबाट अध्ययनरत विद्यार्थिलाई फाउण्डेशनले प्रमाणपत्र वितरण गरेको छ । बर्दिवास क्षेत्रमा रहेका विभिन्न क्याम्पसमा अध्ययन गर्ने ३१ जना विद्यार्थिलाई फाउण्डेशनले छात्रवृत्ति प्रदान गरेको छ ।

फाउण्डेशनको छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थिहरुलाई प्रशिक्षण सहितको सम्मानका लागि कार्यक्रम गरिएको फाउण्डेशनका अध्यक्ष प्रल्हाद क्षेत्रीले जानकारी दिए ।

जनता मावी विद्यालय बर्दिवासको २०५९ सालमा एस एल सि दिएका विद्यार्थि बाट स्थापना भएको फाउण्डेशनले यस क्षेत्रका ५ वटा क्याम्पसमा अध्ययन गर्ने ३१ जना विद्यार्थिलाई निशुल्क शिक्षा प्रदान गरिरहेको अध्यक्ष क्षेत्रीले बताए । उन्ले भने “ बर्दिवास नगरपालिकाका विद्यार्थिहरुलाई हाम्रो संस्थाले अगामी दिनहरुमा पनि र्शैक्षिक सुधार गर्नका लागि कार्यक्रमहरु ल्याउने योजना बनाईरहेका छौं ।

छात्रावृती कार्यक्रममा बर्दिवास नगरपालिकाका श्री जनता मा.वि.बर्दिवास विद्यालय,श्री जनता बहुमुखि क्यापस बर्दिवास,श्री सरस्वती राष्ट्रिय मा.वि. कालापापी ,श्री जनता मा.वि. गौरीवास र श्री राष्ट्रिय मा.वि.कामीडाडाका छात्राछात्रलाई छात्रवृती प्रदान गरिएको अध्यक्षय क्षेत्रीले बताए ।

यस बर्दिवास हेल्फ फाउण्डेशनले कोरोना माहामारीको समयमा बर्दिवास नगरपालिकामा विभिन्न किसिमका कार्यक्रमहरु गरी समाजलाई सहयोग गदै आईरहेका छन । कोभिड प्रभावितका लागि फुड बैंक,संचारकर्मीहरुका लागि कोभिड राहत कोष ,विपन्न व्यक्तीका लागि राहत कोष,गौतम कार्की उपभार खर्च र रेडक्रस बर्दिवासका लागि सि.सि.टिभि जडान गरी विभिन्न समयमा सहयोग गदै आएका संस्थाका सदस्य टिका धोष कार्कीले बताए ।

फाउण्डेशनमा आवद्ध रहेका कार्य समितिहरुको सहयोग बाट यो छात्रवृती प्रदान गरीएको हो । बर्दिवास हेल्फ फाउण्डेसनका अध्यक्ष प्रहलाद कुमार क्षेत्रीको सहयोग बाट १० जना छात्रछात्रालाई , हिरालाल गौतमको सहयोग बाट ४ जना, टिकाध्वज खडका बाट ३ जना, सुमित्रा भट्टराई बाट ३ जना,श्रीराम प्याकुरेल बाट ३ जना , कुमार भण्डारी बाट २ जना ,रुकुम सेन ठकुरी बाट १ जना , विष्णु थापा बाट १ जना , रामहरी खतिवडा बाट १ जना , प्रकाश वस्नेत बाट १ जना ,केशव घिमिरे बाट १ जना र दिपक कोईराला १ जना गरी बर्दिवास नगरपालिकामा अध्यानरत ३१ जना विद्यार्थिहरुलाई सहयोग गरेको संस्थाका संस्थापक सदस्य हिरालाल गौतमले बताए ।

शिक्षा सुधारका लागि बर्दिवास नगरपालिकामा हरेक वर्ष लाखौं रकम खर्चिने गरेका प्रतिवेदनहरुमा उल्लेख भएको देखिन्छ । बर्दिवास नगरपालिकमा गरिब, दलित र विपन्न समुदायिका विद्यार्थिहरु अध्यन गर्न आएका छन तर अहिलेको विडम्वना बर्दिवास नगरपालिकाले शिक्षा क्षेत्रमा हरेक बर्ष लाखौ रकम खर्च गरेता पनि त्यसको सदुपयोग नभएको अभिभावकहरुले गुनासो पोखेका सुनिन्छ । हरेक वर्ष दर्जनौ छात्रछात्राहरु गरिबिका कारण उच्च शिक्षा हासिल गर्न बाट वञ्चित भएका छन । ति शिक्षा बाट वञ्चित भएका विद्यार्थिहरुका लागि घाउमा मलम लगाए जस्तै बनेका यस बर्दिवास हेल्फ फाउण्डेशनको कार्य प्रति खुसि व्यक्त गदै मधेश प्रदेश महोत्तरी क्षेत्र नं. १ (क) की सांसद सारदा देवि थापाले बधाई दिईन ।

उनले भने शिक्षा क्षेत्रमा कायापलट गर्नका लागि यस्ता संस्थाहरुको देखासिकि गर्न अरु संघ सस्थाहरुको पनि जरुरी रहेको सांसद थापाले बर्दिवास नगरपालिकालाई सुझाव दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको