गत फागुन १७ गते नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी गर्भवती महिलाको उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले जानकारी बताउनु भएको छ । जिल्ला अस्पतालका डाक्टरहरुले १७ गते देखि नै नर्मल डेलीभरी हुन्छ भन्दै राखेकोमा अन्ततः विहिबार राति श्रीमतिको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीको भनाइ छ ।
श्रीमान कार्कीले नर्मल सुत्केरी हुन्छ, किन बाहिर लैजान्छौ ? डाक्टरहरुले यही नै भनिरहे ? उपचारमा लापरवाही गरे । ‘डाक्टरहरु हामी माथि नै झर्कने, रिसाउने गर्दै थिए ? कार्कीले भन्नुभयो, ‘अपरेशन गरेर भएपनि बच्चा निकाल्दिनु भन्दा पनि अस्पतालका कोही कर्मचारी तथा डाक्टरहरुले एकले अर्कोलाई देखाउने गर्दा उपचार नै नपाएर मेरो श्रीमतिको मृत्यु भयो ।’
विहिबार शेर्पाहरुको ग्याल्पो ल्होसार पनि भएको डाक्टरहरु अस्पताल नआएको एक कर्मचारी स्रोतले जानकारी दिइएको छ । अस्पतालका डाक्टर तथा स्टाफहरु विहिबार एक पार्टीमा गएकोले मेरो श्रीमतिको उपचार नभएको मृतकका श्रीमान कार्कीको दाबी छ ।
स्थानीय सन्तोष निरौलाका डाक्टरहरु विहिबार दिनभर भोजमा गएको र राती विरामी हेर्न नआउँदा मृत्यु भएको बताउनु भयो । अस्पताल प्रशासनले विरामीको रेखदेख गर्न बसेका स्टाफ नर्सहरुले समयमै डाक्टरलाई खवर नर्गदा मृत्यु भएको छानविन जारी राखेको जानकारी दिएको छ । ‘गर्भवती मृत्यु प्रकरणमा डाक्टर भन्दा पनि नर्सहरुले खबर नगरेको पाइएको छ,’ नाम नखुलाउने शर्तमा अस्पताल प्रशासनका एक कर्मचारीले भने, ‘अहिले हामीले नर्सको नाम खुलाउन मिल्दैन्, भाेज खान यहाँबाट केही डाक्टर जानु भएकाे थियाे ? कुन ठाउँ जानु भयाे, काे काे जानुभयाे ? त्याे थाहा भएन ? नर्सले समयमै डाक्टर नबाेलाउँदा गर्भवतीमाे मृत्यु भएकाे हाे ?’
अस्पतालमा प्रसुति गराउने दुई जना डाक्टर रहेपनि उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु हुन दुखकाे कुरा हाे । यस विषयमा अस्पतालका डाक्टरहरु सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् । विगतका दिनहरुमा पनि जिल्ला अस्पतालका डाक्टरहरुको लापरबाहीले सुत्केरी गर्न ल्याएकी महिलाहरुको मृत्यु भएको थियो । कुनै डाक्टरले आफ्नो क्लिनिक चलाउने, कसैले अरुको क्लिनिकमा गएर काम सेवाग्राही मार्कामा परेका छन् ।









