यशोधरा गाउँपालिकामा १ दिने नि: शुल्क आँखा जाँच शिबिर सम्पन्न


१६ फागुन कपिलवस्तु । कपिलवस्तु काे यशोधरा गाउँपालिका द्वारा आयोजित १ दिने निशुल्क आँखा जाँच शिबिर आज सम्पन्न भएको छ ।

उक्त शिबिर यशोधरा गाउँपालिकाको यशोधरा अधारभुत अस्पताल सुठाैलीमा संचालित रहेको शिबिरमा ४२५ जना बिरामीको चेक जाँच भएको थियो अनि त्यस मध्ये २०६ जना मोतिया बिन्दु को बिरामी पत्ता लागेको थियो ।

पत्ता लगेको बिरामीको निशुल्क लेब जाँच समेत गरि निशुल्क सल्याक्रियाको लागि कपिलवस्तुको तौलिहवामा रहेको तौलिहवा आँखा अस्पतालमा पठाइएको कुरा यशोधरा गाउँपालिकाको सामाजिक बिकास अधिकृत कृष्णनाथ पाण्डेयले जानकारी गराउनु भयेको हाे ।

प्रयाप्त मात्रामा औषधी , बिरामी बस्ने व्यवस्था , खाने पानीको व्यवस्थाले बिरामीहरु धरै खुसी भएको कुरा यशोधरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

उक्त शिविर बाट धेरै अाम नागरिकहरुले सेवा प्राप्त गरेका छन् । यश बाट सबैलाई फाइदा हुने भएकाले अागामी दिनमा पनि यस्तो शिविरकाे लागि यशाेधरा गाउपालिकाले बजेट विनियोजन गर्ने गाउपालिका अध्यक्ष गृजेश कुमार पाण्डेयले प्रतिबद्धता समेत दिन भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको