१५ फागुन महोत्तरी । नेकपा ( एमाले )गौशला नगर कमिटी अध्यक्ष अजय कुशवाहले एमाले गरिबको पार्टी भएको बताएका छन् । एमाले गौशला नगर कमिटीले खाल्टी बजारमा आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रममा बोल्दै कुशवाहले यस्ता बताएका हुन् ।
जनता आबास कार्यक्रम मार्फत एमाले सरकारले मधेशका २० हजार दलितलाई घर बनाईदिएको बताउँदै कुशवाहले भने गरिब लक्षित कार्यक्रमहरू कार्यन्वयनमा ल्याएकाले एमाले गरिब जनताको पार्टी भएको पुष्टि हुन्छ ।
एमाले सरकारले सुकुम्बासी आयोग मार्फत देशका ८ लाख ५० हजार सुकुम्बासीलाई लालपुर्जा दिन लागेको थियो , कुशवाहले भने ( तर अहिलेको कांग्रेस सभापती शेरबहादुर नेतृत्वको सरकारले आयोग नै भंग गरिदियो ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि सुकुम्बासी आयोग खारेज गर्न समर्थन गरेको बताउँदै कुशवाहले भने त्यसैले माओवादी होईन एमाले गरिबको पार्टी हो ।










