१३ फागुन । विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ को असरले विशेषगरी स्कुले नानीहरूलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरूका पनि आ(आफ्नै समस्या होलान् ।
त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक रूपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसईईको हाउगुजी देखाउने त ? यो प्रश्न गम्भीर रूपमा तेर्सिएको छ । पहिलेदेखि नै एसईई अर्थात् साविकको एसएलसी खारेज गरौं भन्दै सरकारी निकायका पदाधिकारीहरू कराउँदै आए । हो(मा(हो गर्दै निजी विद्यालयअन्तर्गतका प्याब्सन, एन प्याब्सनहरू पनि निकै तातेकै हुन् । तथापि अहिले यस्तो अवस्थामा भौतिक रूपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी रबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ ।
एसईईमा अहिले जम्माजम्मी आठवटा विषय हुन्छन् । कक्षा आठमा पढ्दै आएका विद्यार्थी करिब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्दछन् । किनकि उनीहरू नै त्यस्ता विद्यार्थी हुन् जसले लामो समय अनलाइनबाटै कक्षा लिए, भौतिक रूपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो । यसअघि र त्योभन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा जाँच लियो, नतिजा पनि सोहीप्रकारले सार्वजनिक गर्यो । तर अहिले आएर आजको आजै कक्षा सञ्चालन गर्ने, अनि दुई महिनामै कोर्स पनि सकिने र परीक्षाका लागि तमाम विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन ।
फेरि एसईईको ‘वेटज’लाई लिएर विगतदेखि नै यो केही समयसम्मका लागि मात्रै हो, अन्ततोगत्वा कक्षा १२ नै विद्यालयस्तरका पढाइका लागि मुख्य ढोका हो पनि भनिंदै आएको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसईईमा के समस्या छ भने यदि विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन । किनभने फेल पास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रूपमा लिएको हुन्छ ।
यो पालाको एसईई परीक्षामा सामेल हुने विद्यार्थी लामो समयसम्म कोभिडका विभिन्न प्रकारका वेभहरूबाट प्रभावित भएकाहरू नै छन् । उनीहरूमा कन्पिmडेन्ट लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिक रूपमा कक्षा सञ्चालन नगराउनू भन्दै उर्दी जारी गर्यो, त्योभन्दाअघि पनि तिनै विद्यार्थी लामो समय घरमै बसेर अनलाइन कक्षाबाट आफूलाई जसरी तसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसईईका लागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त रु
उमेरका हिसाबले पनि एसईई दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरू नाबालक नै हुन् । तिनको अर्धचेतन मस्तिष्क पनि बलियो र पूर्णरूपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरणशक्तिका हिसाबले पनि यो उमेर समूहका बालबालिका कमजोर नै हुन्छन् । बल्ल त उनीहरूको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन ।
विद्यार्थीमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिन खोजिरहेको छ, अनि यस्तो बेलामा एसईईको झोला बोकाएर ‘हिंडे हिंड नभए कुट्छु’ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ
विद्यार्थीलाई विगतदेखि नै एसईई अर्थात् विगतको एसएलसी ‘आइरन गेट’ हो भनिंदै आइयो । विद्यार्थी पनि एसईईलाई यसरी तयारी गर्नुपर्छ कि मानौं जीवनको ठूलो उपलब्धि नै त्यही हो भन्नेमा विश्वस्त छ ।
स्कुलहरू पनि दिनरात एसईईकै तयारीमा हुन्छन्, सकेसम्म बढी अंक ल्याउने होडबाजीमा परम्परागत स्कुलहरूले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुनप्रकार भौतिक रूपमा उपस्थित गराउँदै एसईईको जाँच गर्ने उद्घोष गरेको छ, त्यसका बारेमा केही सोच्ने हो कि रु
मान्छेको शारीरिक हिसाबले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अर्धचेतन मनको विकास पनि क्रमिक रूपले हुँदै जाने हो । र, फेरि अहिले जो जसले एसईईको जाँच दिने तयारी गरिरहेका छन्, तिनलाई त तीन(तीन पटकको कोभिड(१९ का विभिन्न प्रकारका वेभहरूले यति गलाइसकेको छ कि अब उनीहरू दौड्न नसक्ने अवस्थामा पुगिसकेका छन् । विगतमा पनि केही विद्यार्थीलाई ‘कोभिड फोबिया’ कै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चारमाध्यमले बाहिर ल्याएका थिए ।
अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए’ नै ल्याउँछन् भन्ने पनि छैन । विद्यार्थीमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिन खोजिरहेको छ, अनि यस्तो बेलामा एसईईको झोला बोकाएर ‘हिंडे हिंड नभए कुट्छु’ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । कम्तीमा पनि यो वर्षसम्मका विद्यार्थीलाई चाहिं सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसईई परीक्षाको नतिजा दिलाउनुपर्छ । अहिले एसईईको जाँच दिन लागेका विद्यार्थीलाई कुनै हालतमा टर्चर दिनुहुँदैन । लामो समय कोभिडको ‘हृयाङओभर’मा रहेका विद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यसका बारेमा सोच्नुपर्छ ।
हुन त यसबीचमा धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे । तर त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिंदै आएको छ । अनलाइनले विद्यार्थीलाई एकांगी बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायाम नहुँदा विद्यार्थी भद्दा भएका छन् । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थी भरपर्दा अवस्था कस्तो आउँछ, सोचनीय विषय बन्ने गरेको छ ।
लामो समय अनलाइनकै भरपर्दा कतिपय अभिभावकले आफ्ना नानीहरूलाई रायसल्लाह दिन सके पनि होलान्, तर धेरैको अवस्था फरक छ । शिक्षकले भौतिक उपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्या आउँथे भने अहिले त ‘पढ अनलाइन, नपढ अनलाइन’ भनेजस्तो भयो । अनलाइनको भूतले पनि विद्यार्थीलाई नीरस बनाएको छ । अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ, तर तल त्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन ।
अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फी रूपमा मात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्स दुई महिनामा सिध्याऊ भन्ने, अनि परीक्षाको लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनि न्यायसंगत कुरा होइन । अनलाइनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ । सामाजिक रूपमा पनि हाम्रा विद्यार्थी कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्दछ । विद्यार्थीलाई एसईईको भूत देखाउने भन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्नसके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचेजस्तो उच्च शिक्षाका लागि हाम्रा विद्यार्थी तयार हुन्थे कि रु










