टेक बलम्पाकीले मेयरकाे टिकट नपाए म एमालेबाट उमेदवारी दिन्छु : एमाले प्रदेश सदस्य कार्की


बर्दिबास नेकपा ( एमाले ) का प्रदेश कमिटी सदस्य रूपेश कार्कीले एमाले नेता टेकबहादुर बलम्पाकीकाे राजनीतिक भबिष्यमाथी खेलवाड गरिन खाेजिएकाे भन्दै नेता बलम्पाकीले मेयरकाे टिकट नपाए अाफैले एमालेबाट स्वघाेषित उमेदवारी दिने बताएकाछन् ।

एक प्रेस विज्ञप्ती जारी गर्दै नेता कार्कीले भनेकाछन् कम्युनिष्ट अान्दाेलनमा जीवन समर्पन गरेका र अहिले एमालेका केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष रहेका टेकबहादुर बलम्पाकीसँग र पार्टी कमिटी सँग कुनै छलफल नगरी मेयरकाे उमेदवारी घाेषणा गर्नेहरूलाइ मेराे च्यालेञ्ज छ , बलम्पाकी नउठेकाे खन्डमा मेराे मेयरकाे उमेदवारी घाेषणा हाे ।

एमालेबाट चन्द्रलाल क्याप्छाकी , फाल्गुन सुस्लिङ् लगायतले बर्दिबास नगरकाे मेयर दाबी गरेपछी कार्कीले पनि मेयरकाे दाबी गरेका हुन् । कसैले जुत्ता चप्पल फ्याक्ट्रीकाे धाकमा एमाले भजाएर टिकट लिन खाेज्छ भने त्याे कम्युनिज्मकाे विरूद्वमा हाे ” नेता कार्कीले भने । नेता कार्की विप्लव माअाेवादीबाट एमाले छिरेका नेता हुन् । उनी बर्दिबासमा युवामाझ लाेकप्रिय छन। विप्लव नेकपाका कार्की महाेत्तरी ईञ्चार्जबाट एमाले छिरेर हाल एमाले प्रदेश कमिटी सदस्य छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको